छुट्टाछुट्टै दुर्घटनामा राजधानीमा दुईको ज्यान गयो

Read Time:1 Minute, 3 Second

काठमाडौँ, १९ फागुन

राजधानीमा भएका छुट्टाछुट्टै दुर्घटनामा गएराति दुईजनाको मृत्यु भएको छ ।  ताहाचलमा बा३१प ५४७० नम्बरको मोटरसाइकलको ठक्करबाट सुनसरी घर भई ताहाचाल बस्ने ४० वर्षीय मेनुका आचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी निजको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै दुर्घटनामा परेका १२ वर्षीय अनुष अधिकारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी गएराति नै बा२ख ५४७० नम्बरको मिनिट्रक चोभारमा अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको र दुर्घटनामा घाइते अन्यको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %