तोरन्लको अबसरमा तारा खेल सम्पन्न

Read Time:1 Minute, 32 Second

सोनु थापा मगर,
बुटवल । १२,चैत्र

थकाली सेवा क्षेत्रीय समिति,बुटवलको आयोजनामा बुटवलमा धनुषवाण प्रतियोगिता (तारा खेल) सम्पन्न भएको छ । खेलको उपाधी खैरेनी क्लबले जित्न सफल भएको छ । उसले १सय १४ अङ्कका साथ प्रथम स्थान हाँसिल गर्न सफल भयो । त्यस्तै सगरमाथा तारा खेल समुह करौजीया रुपन्देही १ सय ८ अंकका साथ दोश्रो र थकाली सेवा समाज १ सय अंकका साथ तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । उनीहरुले क्रमशः १८ हजार,१२ हजार र ६ हजार नगद,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता खेलाडीहरुलाई थकाली सेवा समिति बुटवल क्षेत्रका अध्यक्ष शिबप्रसाद शेरचनले पुरस्कार वितरण गर्दै यस्ता खेलकुदका कार्यक्रमहरुले आपसमा सहयोग र सद्भावको विकास हुने बताउनु भयो । थकाली समुदायको महान पर्व तोरन्ल (फागु पूर्णिमा)को पावन अवसरमा आयोजना गरिएका खेल एक हप्तासम्म सञ्चालन भएको थियो ।

कार्यक्रम अध्यक्ष क्या.शिवप्रसाद शेरचनको अध्यक्षता र सचिव रञ्जित शेरचनको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %