फोनिजको राष्ट्रिय भेला जेठ ४ गते काठमाडौंमा

Read Time:1 Minute, 36 Second

देव पचभैया

काठमाडौं, ११ चैत – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको साधारणसभा तथा राष्ट्रिय भेला २०७३ जेठ ४ गते हुने भएको छ ।
देशको वर्तमान परिस्थिति र मुलुक संघीय संरचनामा गएको सन्दर्भमा संगठनलाई नयाँ संरचनाअनुरुपको बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको हो । भेलामा प्रत्येक जिल्ला शाखा, विदेश शाखा र संस्थागत सदस्य संस्थाबाट प्रतिनिधित्व रहनेछ । भेलालाई व्यवस्थित गर्नका लागि फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
भेलामा मुलुकको नयाँ संरचनाअनुरुपको फोनिजको संगठन संरचना बनाउनका लागि विधान संशोधन प्रस्तावसमेत पेश हुनेछ । विधान संशोधनका लागि संगठन सचिव मनोज घर्ती मगर, केन्द्रीय सदस्य श्रीकृष्ण महर्जन र दिपा आले रहेको विधान संशोधन समिति गठन गरिएको छ ।
कोषाध्यक्ष टेकराज थामीको संयोजकत्वमा आर्थिक समिति र संस्थागत सचिव राजेश चाम्लिङको संयोजकत्वमा फोनिज स्मारिका प्रकाशन समिति गठन गरिएको फोनिजले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %