राज्य सत्ता ब्युरो
पोखरा, ७ चैत – गोर्खा भूतपूर्व सैनिक संघ ९गेसो०का अध्यक्ष पदमबहादुर गुरुङले नेपालप्रति सहानुभुतिको नाटक नदेखाउन बेलायती राजकुमार ह्यारीलाई चेतावनी दिनुभएको छ । गेसोले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति गुरुङले नेपाली युवालाई अबैधानिक रुपले भर्ती गराएर साठी हजार भन्दा बढी गोर्खा सैनिक मारिदासम्म त्यसको खोजि समेत नगर्ने र क्षेतिपूर्ति पनि नदिने बेलायतका राजकुमारले अहिले नेपाल र पुर्व गोर्खा सैनिकप्रति सहानुभुति देखाउन खोज्नु नौटंकी मात्रै भएको दाबी गर्नुभयो । नेपाल–बेलायत सम्बन्धको दुई सयौं वर्षगाँठ मनाउनुको कुनै औचित्य नभएको भन्दै उहाँले नेपाल र बेलायतबीच गोरखा भर्तीका लागि कहिल्यै आधिकारिक सम्झौता नभएको, दुई वर्ष बर्बादीको वर्ष भएको उहाँको भनाई थियो । सभापति गुरुङले नेपाल र बेलायतबीच मित्रता कही पनि नभएको दाबी गर्नुभयो ।
६० हजार गोर्खा सैनिक मारिदासम्म यसको खोजिनीति नगर्ने , क्षतिपूर्ति पनि नदिने अमानवीय व्यवहार गर्ने देशसँग मित्रता हुन नसक्ने उहाको आक्रोस थियो । अध्यक्ष गुरुङले नेपालको सार्वभौम सत्ता हस्तक्षेप गर्ने बेलायतले मित्रताको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो । गेसो सभापति गुरुङले बेलायती राजकुमार ह्यारीले गोर्खा भर्ति गर्नु पूर्व गाउँबस्ती र संस्कृति जस्तो थियो त्यस्तै बनाउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो ‘छाती नापी नापी युवा जति सबै लगे, जसले गर्दा गाउँबस्ती उजाड भए, संस्कृति लोप भयो, अब बेलायतले त्यो गाउँबस्ती र संस्कृति जस्ताको तस्तै बनाउन लगानी गर्नुपर्छ, त्यसको प्रतिबद्धता बेलायती राजकुमारले यहि भ्रमणमा गर्नुपर्छ, अन्यथा गोर्खा सैनिकलाई धन्यवाद मात्रै दिएर फर्किए भने त्यसको कुनै औचित्य हुँदैन, त्यो सब नौटंकी मात्र हुनेछ ।
नेपालले बेलायतसँगको मित्रताबाट दासता, अन्याय, धोकादायी, शोषण, मानव तस्करी, मानव बेचबिखन मात्रै भइरहेको भन्दै यसलाई बर्बादीको दुइसय वर्षको संज्ञा दिएर यसको किन खुशीयाली साट्ने रु भन्ने गेसोले प्रश्न उठाएको जानकारी दिनुभयो । सभापति गुरुङले मारिएका गोर्खा सैनिकको संख्या कति हो रु र उनीहरु वैध थिए वा अवैध त्यसको जवाफ पनि बेलायतले दिनुपर्ने माग गर्नुभयो । उहाँले गेसोले उठाएका मागहरु समेटिएको ज्ञापनपत्र बेलायती राजदुतावास मार्फत बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई चैत ५ गते शुक्रबार पठाएको पनि जानकारी दिनुभयो । बेलायती राजकुमार पोखरा आउनु पुर्व आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम ह्यारीको स्वागत र विरोध के हो भनि पत्रकारहरुले पश्न गर्दा गेसो सभापति गुरुङले भन्नुभयो, हामी स्वागत र विरोध भन्दा पनि गोर्खा भर्तीको नाउँमा गरिएको अमानवीय, मानवअधिकार विरुद्ध गरिएको मानवतस्करीको यथार्थ प्रष्ट्याउन खोजेको सभापति गुरुङको भनाई थियो ।
हामी माथि गरिएको राजनीतिक अधिकारको अपहरण, लादिएको हिन्दुत्व, लोप गराएको मौलिक संस्कार सँस्कृति, मातृभाषा, खण्डहर बनाइएको गाँउ, परनिर्भर अर्थतन्त्रको बारेमा आम नागरिकलाई जानकारी गराउदै राष्ट्रियताको पक्षमा, मानवअधिकारको लागि, नेपाली स्वाभिमानका लागि जागरुक हुन आव्हान गर्न कार्यक्रम आयोजना गरिएको उहाको भनाई थियो । गोर्खा भर्ती बन्द र निरन्तरता आफुहरुको सरोकारको विषय नभएको गुरुङको भनाई थियो। पत्रकार सम्मेलनमा बोल्दै गेसोका सल्लाहकार तथा बुद्धिजिवी श्यामल अधिकारीले बेलायती राजकुमार आउँदा नेपाल सरकारले महत्व दिएर स्वागत गर्ने तर बेलायती युद्धमा मारिएका ६० हजार गोर्खा सैनिकलाई कुनै महत्व नदिनु चित्त दुखाईको प्रमुख कारण रहेको बताउनुभयो । उहाँले बेलायती चाहनामा नेपाली युवाहरुलाई पढ्नै नदिई, खेतमा काम गर्न र उच्च पदमा पुग्नै नदिई छाती नापेर सैनिकमा भर्ति गर्दा देशको सार्वभौम सत्ता खोसिएको, राष्ट्रियता लुटिएको, मानवअधिकार हनन गरिएकाले बुद्धिजिवीहरु त्यसको विरोधमा लाग्नु पर्ने बताउनुभयो ।
उहाँले गेसो आन्दोलन गोर्खा सैनिकले मात्रै नभई सम्पूर्ण नेपालीको स्वाभिमानी आन्दोलन भएको ठोकुवा गर्नुभयो । आन्दोलनकै क्रममा साल्मे डाडामा निर्माणाधिन गोरखा स्मारक पार्क निर्माणमा सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । यसरी नै गेसो आन्दोलनका युवा अभियन्ता निराजन बतासले आफ्ना पिता पुर्खाको न्याय, राष्ट्रिय स्वाधिनताका लागि, बेलायतले गोरखा भर्तीको नाउमा नेपाल र नेपालीको बर्बादीको विरुद्ध युवाहरु जुट्न आग्रह गर्नुहुदै साल्मे डाडामा निर्माण भईरहेको गोरखा स्मारक पार्क सम्पन्न गर्न युवाहरु जुट्नुपर्नेमा आग्रह गर्नुभयो ।
शनिबार देखि पांच दिने नेपाल भ्रमणमा आउनुभएका राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपि वली संगको भेटमा बहादुर नेपाली गोर्खा शैनिकको गाउ हेर्न आफु नेपाल आएको बताउनुभएको छ । ईमान्दार र बहादुर गोर्खाहरु संग आफुले लामो समय शैनिक जिवन बिताएको स्मरण गर्दे नेपाली गोर्खा शैनिककै बलमा बेलायतको अस्तित्व जोगिएको उहाको भनाई छ । आफु कुनै ठाउ शुरक्षित भएको महसुस हुन्छ भने त्यो ठाउ गोर्खाशैनिक भएको ठाउ हुनेछ भन्दै आउनुभएका बेलायती राजकुमार ह्यारीले नेपालको मनोरम हिमशृङ्खला सहितका प्राकृतिक सम्पदा , पर्यावरण र बन्यजन्तु संरक्षण जस्ता कुराहरुले नेपाल बिश्वमै उत्कृष्ट मुलुक बन्न सक्ने बताउनुभयो । नेपाल बसाईमा उहाले भुकम्प प्रभाबित क्षेत्र र प्रभाबितहरु संग अन्र्तक्रिया गर्नुका साथै पोखरा, चितवन लगाएतका क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ ।
