नेपाल आदिवासी जनजाती महासंघ इजरायल द्वारा तेश्रो वार्षिकोत्सव अप्रिल १५ मा मनाउदै

Read Time:1 Minute, 42 Second
माया घले मगर

  २०१६ मार्च ३ –  नेपाल आदिबासी जनजाति महासंघ इजरायल द्वारा संस्थाको ऐतिहासिक तेस्रो बार्षिकोत्सब तथा बहुल साँस्कृतिक कार्यक्रम – २०१६ यहि आउँदो अप्रिल १५ तारिख शुक्रबारको दिन “नयाँ संबिधान पुनर्लेखनकोआवश्यकता , आदिबासी जनजातिको अधिकार सुनिश्चिता ” भन्ने मूल नाराका साथ तेलअविव स्थित यसोदामाला (२० मा रहेको हलमा साँझ ६स्३० बजे देखि भव्यताका साथ मनाउने भएको छ।

संस्थाको ऐतिहासिक तेस्रो बार्षिकोत्सब तथा बहुल साँस्कृतिक कार्यक्रममा आदिवासी जनजाती समुदायका पहिचान झल्कने साँस्कृतिक नृत्य तथा गीतहरुको बेजोड प्रस्तुति रहने संस्थाकी महासचिव निर्मला गुरुङले जानकारी दिनु भएको छ ।नेपाल आदिवासी जनजाती महासंघ,इजरायलमा आवाद्ध सम्पूर्ण जातीय संघसंस्थाहरु एबं इजरायलमा स्थापित विभिन्न धार्मिक तथा सामाजिक र राजनैतिक संघसंस्थाहरु लगायत सम्पूर्ण इजरायलबासी नेपाली आदिवासी तथा गैरआदिवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा कार्यक्रममा सहभागिताको लागि संस्था द्वारा सबैलाई हार्दिक अनुरोध गरेको छ ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %