गोबिन्द घर्ती
चैत्र ५ । उद्योग ब्यापार संगठन देवदहले युवाहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । संगठनको आयोजनामा देवदह क्षेत्रमै पहिलो पटक हुन लागेको देवदह फुड् फेस्टिवलमा सुरक्षा सहभागिताका बिषयमा स्थानिय युवाहरु संग अन्तरकृया गरिएको संगठनका बरिष्ठ उपाध्यक्ष गणेश कुमार खातीले बताएका छन । नव बर्षलाई स्वागतका लागि यही चैत्र ३० गते देवदहको खैरेनीमा बृहत फुुड् फेस्टिवल हुँदैछ । फेस्टिवलको तयारी सुरु गरिसकिएको संगठनले जनाएको छ । स्थानिय स्तरमा उपलब्ध बिभिन्न जात/जातीका मौलिक खानाको संरक्षण गर्ने उद्देश्यले फेस्टिवलको आयोजना गर्न लागिएको संगठनका सचिव प्रशान्त गैरेको भनाई रहेको छ । संगठनका अध्यक्ष गोबिन्द ठड्राईको अध्यक्षता र सह–सचिव थानेश्वर लम्सालको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
