गोबिन्द घर्ती
चैत्र ५ । रुपन्देहीको देवदह–१, भवरा वारीमा ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ । दलित बर्ग उत्थान समन्वय समिति देवदहको आयोजना र भवरावारीको व्यवस्थापनमा उक्त तालिम शुरु भएको हो । तालिमको उद्घाटन गर्दै दलित बर्ग उत्थान समन्वय समिति देवदहका सचिव गणेश कुमार खातीले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उर्तान सके आत्मनिर्भर बन्न सक्नेमा जोड दिएका थिए ।
खातीले स्वदेश मै बसेर आफु संग भएको ज्ञान र सिपलाई व्यवसायीकरण गर्ने हो भने आत्मनिर्भर बन्न सक्ने बताए । खड्क बहादुर विकको अध्यक्षता, कमला विकको स्वागत र जीत बहादुर हरिजनको संचालनमा भएको तालिममा देवदह क्षेत्रका १७ जना दलित महिलाहरुको सहभागिता रहेको छ ।
