गोबिन्द घर्ती
चैत्र ५ । रुपन्देहीको देवदहमा ३ दिने प्राथमिक स्वास्थ्य उपचार तालिम सम्पन्न भएको छ । नेपाल अविनास सामाजिक सेवा संस्था देवदहको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले प्राथमिक स्वास्थ्य उपचारले मानिसको ज्यान बचाउन सकिने भएकाले यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए । उनीहरुले सिकेका ज्ञान र सिपलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुनेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले प्राथमिक उपचारको ज्ञानलाई व्यवहारमा उर्तान सके मृत्यु दर घटाउने सकिने बताएका थिए । नेपाल अविनास सामाजिक सेवा संस्थाका कार्यक्रम संयोजक प्रशंसा भरको अधयक्षतामा भएको कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक दल बहादुर थापा, प्रशिक्षक रजनीश चन्द्र गुप्ता, देवदह साप्ताहिकका त्रिलोचन दहाल, कार्यक्रम संयोजक विनोद कुमार खाती, खड्कबहादुर थापा, पार्वती गुरुङ्ग, मिना पोखरेल लगायतले आ–आफना भनाई राखेका थिए ।
तालिममा विभिन्न संघसंस्था, विद्यालय, सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीका सहजकर्ता दल बहादुर थापा, रजनीश चन्द्र गुप्ताले सहजीकरण गरेका थिए । राजु नेपालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
