गोबिन्द घर्ती
चैत्र ५ । घास र प्रविधिमा आधारित रहेर व्यवसायीक पशुपालन गर्नु पर्ने केन्द्रिय दुग्ध सहकारी संघका संचालक लेखनाथ पाण्डेले बताएका छन ।
पाण्डेले व्यवसायीक पशुपालन गर्न सके आत्मनिर्भर बन्नेमा जोड दिएका थिए । देवदह दुग्ध उत्पादक सहकारी संस्था देवदहको २१औ बार्षिकोत्सव तथा १७औं साधारण सभामा बोल्दै पाण्डेले उक्त कुरा बताएका हुन । पाण्डेले देशको अर्थतन्त्रमा कृषि सहकारीहरुको महत्वपूर्ण योग्दान रहेको बताए ।
जिल्ला दुग्ध सहकारी संघका जिल्ला अध्यक्ष समेत रहेका पाण्डेले कृषकहरुलाई राज्यले दानामा सहुलियत दिनु पर्नेमा जोड दिदै दुधको लागत घटाउन कृषकहरुले घास खेती गर्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष यादव भूषालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तुल्सीराम शर्मा, पुर्व संचालक सदस्य डोलराज चापागाई, देवदह साप्ताहिकका त्रिलोचन दहाल लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा बढि दुध ल्याउने विष्णु ज्ञवाली, टिकाराम पौडेल, राजु भट्टराई, धालाल पराजुली, यमुना पौडेल त्यसैगरी गुणस्तर दुध तर्फ मणिप्रसाद तिवारी, मेक बहादुर खत्री, पाहुन प्रसाद कवरलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा सरसफाई तर्फ अविन्द थापा, मित्रलाल विक, उत्कृष्ट कर्मचारीमा रामच्रन्द्र पौडेल, पुर्व अध्यक्ष तुल्सीराम शर्मा, पुर्व उपाध्यक्ष गिर प्रसाद पाण्डे, पुर्व लेखा समितिका संयोजक विजय भूर्तेल, पुर्व कर्मचारी पदमराज पौडेललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाको भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष यादव भूषालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष विष्णु ज्ञवालीको स्वागत र व्यवस्थापक प्रकाश अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारण सभाले गिर प्रसाद पाण्डेको अध्यक्षतामा ११ सदस्यीय नया संचालक समिति गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु प्रसाद ज्ञवाली, सचिवमा निर्मला भूषाल, कोषाध्यक्षमा सारदा अधिकारी रहेका छन । अन्य सदस्यहरुमा तोलराज विक, मन बहादुर गाहा, चन्द्रकला न्यौपाने, राजु प्रसाद भट्टराई, यमुना पौडेल, प्रेम प्रसाद लामिछाने रहेका छन ।
त्यसैगरी गोपाल कृष्ण भूर्तेलको संयोजकत्वमा लेखा समिति गठन गरेको छ । जसको सदस्यहरुमा झविन्द्र अधिकारी, पदमराज पौडेल रहेका छन ।तुलसीराम शर्मा, प्रकाश अर्याल, विनोद पराजुलीको निर्वाचन मण्डल रहेका थिए । कार्यक्रममा बलराम शर्मा, विदेव भूर्तेल, यादव प्रसाद भूषालले नवनिर्वाचित संचालक समितिलाई शुभकामना व्यक्त गरेका थिए ।
