देब पचभैया
पाल्पा चैत्र २ – एकै दिन ३ गाउलेको मृत्यु भएपछि पाल्पाको बहादुरपुर शोकमा डुबेको छ । सोमबार बेलुकी ज्यामिरे र बहादुरपुरको सिमानामा पर्ने साढेखोलाले बगाउदा बहादुर पुर५ किउडाडाकी ३५ बर्षिया हेमन्ती ढेगा र उनकी नाती ढाई बर्षका समिर आलेको मृत्यु भएको हो । छोरी संगै मावल आएका नाती समिरलाई हेमन्तीले पिठ्युमा बोकेकी थिईन् ।
त्यस्तै सोमबार आएको असिना पानीले कुट्दा धारादेबी माबि कक्षा ४ मा पढ्ने किउडाडाकै १२ बर्षिय बिष्णु आलेको ज्यान गएको हो । ढिलोगरी बिधालय पुगेका बिण्णुलाई शिक्षकले कक्षा कोठामा प्रबेश गर्न दिदैनन् भनी उनी आफै फर्किएर बिधालय नजिकैको पसलमा बिस्कुट खाई घर फर्किएका थिए । उनलाई बिधालय बाट घर पुग्न झण्डै तीन घण्टा लाग्थ्यो । घर फर्किदै गर्दा उनलाई असिना पानीले कुटेको स्थानिय चन्द देबी प्राबिका शिक्षिका ओम कान्ती पुलामीले जानकारी दिनुभयो । असिना पानीको कुटाईबाट बाटैमा ढलेका आलेलाई स्थानियले भेटेपछि घर लग्ने क्रममा बाटोमै ज्यान गएको गाउलेहरुले बताएका छन् ।
घटनाको मंगलबार दिउसो मात्रै जानकारी पाएको भन्दै थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
