देव पचभैया
नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद (बिशेष अधिबेशन तयारी समिती), पाल्पाको आयोजनामा पाल्पाको तानसेनमा पहिचान सहितको संघियता र संघियता सहितको जनसंबिधान बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आदिबासी जनजाति महासंघ संघिय परिषद सदस्य तथा नेपाल मगर संघ केन्द्रका बरिष्ट उपादक्ष बसन्त घर्ति मगर, पूर्ब सभाषद लिला सोमै, नेपाल मगर संघका केन्द्रिय सदस्य गम बहादुर थापा मगर, नेपाल कुमाल सुधार समितीका केन्द्रिय सदस्य टोप बहादुर कुमाल, नेपाल आदिबासी जनजाति अगुवा नबिन थापा मगर, बुद्धिजीबी निर्मल श्रेष्ठ, आदिबासी जनजाति पत्रकार महासंघ पश्चिमाञ्चल संयोजक देब पचभैया, नेपाल मगर संघ पाल्पाका उपाध्यक्ष जहर सिंह सारु मगर, नेवा दय दबु पाल्पाका अध्यक्ष पे्रम सागर शाही, थकाली सेवा समितीका शेर बहादुर शेरचन, गुरुङ्ग समाज पाल्पाका सचिब सन्तोष गुरुङ्ग, नेपाल तमाङ्ग घेदुङ्ग पाल्पाका बिन्दु तामाङ्ग, नेपाल मगर महिला संघ पाल्पाका अध्यक्ष पुष्पादेबी थापा मगर, नेपाल मगर युवा संघका अध्यक्ष टोप बहादुर जर्घा मगर, मगर युबा जित बहादुर थापा, नेपाल मगर बिद्यार्थि संघका अध्यक्ष राधाकृष्ण दगाल लगायतले पहिचान सहितको संघियताले मात्र बास्तबिक रुपमा आदिबासी जनजातिको हित हुने कुरामा जोड दिदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रमलाई बसन्त घर्ति मगर र बुद्धिजिबी निर्मल श्रेष्ठले संघियता र संबिधानलाई केन्द्र बिन्दुमा राखेर पहिचान सहितको संघियता र संघियता सहितको संबिधान जनसम्म आउदैन तबसम्म बिना नाम र बिना पहिचानको अमूर्त ७ प्रदेशले केही नगर्ने कुरामा दाबी गर्दै प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा सहभागीहरू र प्रशिक्षकमा जिग्यासामूलक अन्र्तक्रिया भएको थियो । कार्यक्रम योग बहादुर कुमालको सञ्चालन, प्रेम सागर शाहीको स्वागत भाषण र नेफिन पाल्पाका संयोजक राम बहादुर गरंजा (एस.कुमार) को अध्यक्षतामा सम्पन्न भएको थियो ।