गोबिन्द घर्ती
फागुन ३० । रुपन्देहीको देवदह–७, सरनवारीलाई धुवा रहीत गाउ घोषणा गरिएको छ । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले एक कार्यक्रमका वीच सरनवारीलाई धुवा रहीत गाउ घोषणा गरेको हो ।
देवदह नगरपालिका, नेपाल अविनास सामाजिक सेवा संस्था, गाउ वन समन्वय सञ्जाल देवदह र यूनाईटेड मिसन टु नेपालको सहयोगमा सरनवारीलाई धुवा रहीत गाउ घोषणा गरिएको हो । सय घरधुरी रहेको सरनवारीमा विभिन्न संघसंस्थाले करिव १ लाख ३३ हजार खर्च गरी गाउलाई धुवा रहीत गाउ घोषणा गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।
देवदह नगरपालिकालाई सन २०१७ सम्म धुवा मुक्त नगरपालिका घोषणा गर्ने उद्देश्यका साथ नेपाल अविनास सामाजिक सेवा संस्था, गाउ वन समन्वय सञ्जाल देवदह र नगरपालिका लागि परेको छ । सरनवारीमा यो साल ८३ वटा घरधुरीमा सुधारिएको चुलो निर्माण गरिएको सो अवसरमा जानकारी दिईएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले सुधारिएको चुलो निर्माण पछि धुवाबाट लाग्ने रोगबाट मुक्त हुने र दाउराको खपत हुने बताएका थिए । सुधारिएको चुलो निर्माणले जलवायुमा समेत परिवर्तन हुनेमा विश्वास व्यक्त गरेका थिए ।
नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खडक बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, यूनाईटेड मिसन टु नेपालका विशालवावु श्रेष्ठ, सुरेश भट्टराई, गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी, देवदह प्रहरी चौकीका प्रमुख गिरीराज अर्याल, नेकपा एमालेका पदम थापा, एकिकृत माओवादीका टिका गौतम, राष्ट्रिय जनमोर्चाका हरी केसी, सरनकालिका सामुदायिका वनका भिम बहादुर सिंजाली, चुलो निर्माण समितिका धन बहादुर राना, कालिका बुहारी समुहका देवी राना लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रममा देवदह क्षेत्रमा रहेका विभिन्न सामुदायिक वनका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थाका सचिव महाराजीया महतोको स्वागत र विनोद खातीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सरनवारीलाई धुवा रहीत गाउ घोषणा
Read Time:3 Minute, 12 Second
