उद्योग ब्यापार संगठनको कार्यलाई अझ सशक्त

Read Time:2 Minute, 3 Second

गोबिन्द घर्ती

फागुन २९ । उद्योग ब्यापार संगठन देवदहको बैठक संगठनको कार्यालय देवदह खैरेनीमा सम्पन्न सम्पन्न भएको छ । बैठकले संगठनको कार्यलाई अझ सशक्त बनाउनका लागि विभिन्न क्षेत्रमा कार्यरत सामाजिक ब्यक्तित्वहरुलाई सल्लाहाकारका रुपमा चयन गरेकोे छ । उक्त बैठकले संगठन देवदहका सल्लाहाकारहरुमा चन्द्रकान्त देवकोटा, गोविन्द ज्ञवाली, जय किशन अधिकारी, टिका पौडेल, सिमा लामिछाने, वालकुमारी तामाङ्ग र दुर्गा भुर्तेललाई चयन गरेको छ । संगठनको कानुनी सल्लाहाकारमा डिल्ली राम शर्मा रहनु भएको संगठनका सचिव प्रशान्त गैह्रेले बताए । त्यस्तै संगठनको प्रेस सल्लाहाकाररुमा रेडियो देवदहका गोबिन्द घर्ती, देवदह साप्ताहिकका त्रिलोचन दाहाल, पत्रकार पवन पौडेल, बुद्ध टेलिभिजनका वीरेन्द्र पाण्डे र न्युज संञ्जालका टंक सुनारलाई चयन गरीएको छ ।

बैठकले उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद अधिकारीकी माता तमु कला देवी अधिकारीको निधन प्रति शोकसमेत पारीत गरेको छ । साथै नब बर्ष २०७३ लाई स्वागतका लागि २०७२ चैत्र ३० गते देवदहको खैरेनीमा फुड् फेस्टीवल कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । बैठक उद्योग ब्यापार संगठन देवदहका अध्यक्ष गोबिन्द ठडराइको अध्यक्षता र सह–सचिव थानेश्वर लम्सालको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %