माओवादी सरकारमा सहभागी हुने

Read Time:2 Minute, 5 Second

काठमाडौँ, १७ फागुन

एकीकृत नेकपा (माओवादी)ले सातबुँदे सहमतिको अडान छाडेर वर्तमान मन्त्रिपरिषद्मा सहभागी हुने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी हुँदै वर्तमान मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।

बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारमा सहभागी हुन सकारात्मक छलफल भएको जानकारी दिँदै अधिकांश पार्टी सदस्यहरु उपत्यका बाहिर रहेकाले फेरि स्थायी समिति बसेर ठोस निर्णय गरिने बताए ।

भोलि बुधबार बस्ने स्थायी समिति बैठकले सरकारको नेतृत्व कसले गर्ने र को को सहभागी हुने भन्ने विषयमा ठोस निर्णय लिइने जानकारी उनले दिए  । गृहमन्त्रालय प्रधानमन्त्री झलनाथ खनालसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्न र वरिष्ठ उपप्रधानमन्त्री तथा अर्थमन्त्रालयसहित सरकारमा जान पछिल्लो समयमा एमाओवादी सकारात्मक रहेको थियो ।

गृहमन्त्रालयको विवादमा अड्किएको मन्त्रिपरिषद् विस्तार कार्यलाई पूर्णता दिन हिजो एमाले र माओवादी सहमत भएका थिए । यसअघि सातबुँदे सहमति कार्यान्वयनमा नेकपा (एमाले) तयार नभएको भन्दै एनेकपा माओवादी सरकारमा नजाने निर्णयसहित बाहिरै बसेर सहयोग गर्ने निर्णयमा पुगेको थियो ।

एमालेका अध्यक्ष झलनाथ खनालको प्रधानमन्त्रित्वमा सरकार गठन भएको झन्डै एक महिना पुग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %