देवदहमा दोस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला सम्पन्न

Read Time:3 Minute, 22 Second

गोबिन्द घर्ती

फागुन २९ । रुपन्देहीको देवदहमा संचातिल दोस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव सम्पन्न भएको छ । रुपन्देहीको क्षेत्र नं १ का सभासद अव्दुल रज्जाकले एक कार्यक्रमका वीच समापन गर्नु भएको हो ।

महोत्सवमा करिव १ लाख १० हजार दर्शकले मेलाको अवलोकन गरेको र करिव साढे ४ करोडको कारोवार भएको आयोजकले जनाएको छ । सोही अवसरमा बोल्ने वक्ताहरुले कृषि र उद्योगको विकास विना देशको विकास हुन सक्ने बताएका थिए । उनीहरुले आवश्यक पुर्वाधार विना पर्यटकीय क्षेत्रको विकास गर्न नसकिने भएकोले त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताएका थिए । सोही कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं १ का सभासद अव्दुल रज्जाकले देवदह क्षेत्रमा पर्यटकीय विकासको लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

सभासद रज्जाकले ज्ञान र सिपलाई व्यवहारमा उतारेर स्वदेशमै आत्मनिर्भर बन्ने तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए । आयोजक समितिका अध्यक्ष गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदी, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, नेकपा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरिक्षक हरीलाल अर्याल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य ध्रुवप्रसाद खरेल, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, एकिकृत माओवादीका देवदह अध्यक्ष मोतीलाल ढकाल, रुपन्देही उद्योग संघका उज्जवल श्रेष्ठ, समाजसेवी रमेश मुनाङकर्मी लगायतले बोलेका थिए ।

त्यसैगरी देवदह व्यापार संघका कोष बहादुर गुरुङ्ग, उद्योग व्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठड्राई, दुर्गादत्त शर्मा, यमलाल शर्मा, निर्मला चौधरी, प्रजापति सापकोटा, खेमानन्द ज्ञवाली, महेश थैव, विष्णु प्रसाद पौडेल, होमनाथ ढुगाना लगायतले बोल्दै महोत्सवको लागि देवदह मण्डप निर्माणको लागि सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । देवदह उद्योग वाणिज्य संघका महासचिव प्रमोद खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %