लागु पदार्थ दुर्व्यसनीबाट बचौं, समुन्नत समाजको निर्माण गरौं

Read Time:2 Minute, 31 Second

गोबिनद घर्ती

फागुन २८ । रुपन्देहीको सिक्टनको प्रगतिनगरमा लागु औषध दुर्व्यसनी सम्वन्धी मञ्च नाटक कार्यक्रम सम्पन्न भएको छ । लागु पदार्थ दुर्व्यसनीबाट बचौं, समुन्नत समाजको निर्माण गरौं भन्ने मुल नारासका साथ गाउ सुधार सरसफाई समिति सिक्टहनको आयोजना र एविसी नेपालको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्ने वक्ताहरुले लागुऔषधका कारण समाज विकृति तर्फ गईरहेकोले यसको न्यूनिकरणको लागि सवै एकजुट लाग्नु पर्ने बताएका थिए । उनीहरुले भारतीय सिमाना खुल्ला भएका कारण लागु औषधकर्ताहरु दिनप्रति दिन बढिरहेको बताएका थिए । लागु औषधका कारण समाजमा विभिन्न घटनाहरु घटिरहेकोले यसको न्यूनिकरणको लागि पहल थाल्नु पर्नेमा जोड दिएका थिए । अभिभावकहरु सचेत र सजग नभए सम्म लागु औषधकर्ता न्यूनिकरण गर्न नसकिने भएकोले लागु औषध प्रयोगकर्ताहरुको न्यूििनकरणको लागि अभिभावकहरु सचेत र सजग हुनु पर्नेमा उनीहरुले जोड दिएका थिए ।

समितिका अध्यक्ष पदम बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा नवयात्रा लागुपदार्थ पुनःस्थापना केन्द्रका आसुतोष थापा, गाविस सचिव हेमलाल वस्याल, एविसी नेपालका कार्यक्रम संयोजक सुन्दर हरिजन, देवदह साप्ताहिकका त्रिलोचन दहाल, सिक्टहन स्वास्थ्य चौकी प्रमुख ध्रुव घिमिरे, अनिल शर्मा, ईन्द्रजीत यादव, रामकृष्ण पासी अष्टभूजा राय लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा एविसीका कलाकारहरुले लागु औषध सम्वन्धी जनचेतना नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । देक बहादुर सारुको स्वागत र सोम बहादुर सिंजापतिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %