नेपाल मगर विद्यार्थी संघको २२ औं स्थापना दिवस मनाइयो

Read Time:1 Minute, 19 Second
रूद्र श्रीसमगर

  पोखरा, २७ फागुन – नेपाल मगर विद्यार्थी संघको २२ औं स्थापना दिवस कास्कीमा दीप प्रज्ज्वलन गरी मनाइएको छ ।

संघको स्थापना दिवसका अवसरमा बिहीबार नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति, कास्की र पृथ्वीनारायण क्याम्पस समितिले संयुक्त रूपमा पृथ्वीनारायण क्याम्पस गेट अगाडि २२ औं स्थापना दिवसका नाममा दीप प्रज्ज्वलन गरे ।
 

सो अवसरमा संघका केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज समर थापामगर, कास्की जिल्ला अध्यक्ष दिनेश रोकामगर, उपाध्यक्ष निशा घर्तीमगर, तमु विद्यार्थी समिति, नेपालका केन्द्रीय संयोजक आश तमु, किरात राई विद्यार्थी संघका नेता मिलन राई, नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय उपाध्यक्ष टीबी पुनमगर (रोशन), कास्की जिल्ला अध्यक्ष सु. चन्द्रबहादुर मसराङ्गीमगरलगायतले बोल्नुभएको थियो ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %