इजरायलमा मृत्युवरण गरेकी गोन्दा शेर्पाको परिवारलाई आर्थिक सहयोग हस्तान्तरणमाया मगर

Read Time:3 Minute, 47 Second
माया मगर

 
  रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालीहरुद्वारा गत डिसेम्बर मृत्युवरण गरेकी गोन्दा शेर्पाको परिवारलाई आर्थिक सहयोग गरेका छन् । विभिन्न प्राकृतिक प्रकोप देखि लिएर आर्थिक अभावमा उपचार गराउन असमर्थ स्वदेश तथा बिदेशमा रहेका दिनदुखीहरुलाई सहयोग गर्दै आइरहेका  इजरायलबासी सहयोगी मनहरुले रोजगारीको शिलसिलामा इजरायलमा रहेपनि इजरायल आउन लागेको खर्च समेत उठाउन नपाई मृत्युवरण गरेकी शेर्पाको परिवारको कम्जोरआर्थिक अवस्थालाई मध्यनजर गर्दै स्व। शेर्पाको मृत्युपर्यन्त पनि उनको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।


स्व। शेर्पा अस्वस्थ अवस्थामा अस्पतालमा रहँदा शेर्पाको सहयोगमा निरन्तर खटिएकी धनकुटाकी पवित्रा गौतम ढकाल र संयुक्त नेपाली मण्डलीकी पास्टर माया सुनुवारको सहयोगमा इजरायलवासी नेपालीहरुबाट संकलन गरिएको कुल २ लाख ६९ हजार ४ सय २० रुपैयाँ ९९ हजार ५ सय ३ शेकेल० गत ५ मार्च  शनिवार घर विदामा नेपाल गएको अवस्था पारी  समाजसेवी ढकालले आफ्नै उपस्थितमा शेर्पाको परिवारलाई हस्तान्तरण गरेकी थिइन् ।


करिब १८ महिना अघि इजरायल आएकी शेर्पा सुरुका दिनदेखि नै अस्वस्थताका कारण पटक(पटक अस्पताल भर्ना हुदै रहदै आएकी थिइन् । उनको गत २६ डिसेम्वर इजरायलको रिसोन लेत्चियोनस्थित हा शाफा रोफे अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।


इजरायल आएको केही महिनादेखि नै खराव स्वास्थ्यावस्थाका कारण वेरोजगार वन्न पुगेकी मृतक शेर्पाको आर्थिक अवस्था अत्यन्तै हुनुका साथै १८ महिने इजरायल बसाइमा पनि अस्वस्थताका कारण बेरोजगारीपन बेहोर्नु परेकोले उनको निधन पश्चात पनि उनका परिवारलाई सहयोग गरिएको ले नेपाल इजरायल डटनेटलाई बताईन ।


सहयोग रकम बुझ्दै शेर्पाकी आमाले सम्पूर्ण सहयोगी इजरायलबासी नेपालीहरुप्रति धन्यवाद ज्ञापन गर्दै खुसि व्यक्त गरिन् । त्यस्तै सहयोग रकम हस्तन्तरण गर्दै समाजसेवी ढकालले  आफू जहाँ रहे पनि  सदा(सर्बदा सकेको सहयोग यसरी नै गरिरहन अग्रसर रहिरहने बताउनुहुदै सम्पूर्ण सहयोगी मनका धनी इजरायलबासी नेपालीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन ।

 
त्यस्तै ढकालले मृतकको परिवारलाई सहयोग गर्नुहुने केही सहयोगीहरुले आफ्नो नाम सार्वजनिक नगरिदिन गरेको अनुरोधलाई मनन गर्दै सहयोगी मनहरुको नामावली प्रकाशित नगरिएको बताउनुहुदै  संकलित रकम, रकम हस्तावन्तरण लगायतका विषयमा जो कसै इच्छुक व्यक्ति तथा संघ(संस्थाले थप बुझ्न चाहेमा आफ्नो ९पवित्रा गौतम ढकाल० को सम्पर्क नम्वर  ०५४(२१७०२८७ मा सम्पर्क गरी वुझ्न सकिने जानकारीकोलागि अनुरोध गरेकी छिन्

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %