लागू औषधसहित तीन जना पक्राउ

Read Time:1 Minute, 1 Second
 रूद्र श्रीस मगर
पोखरा, २४ फागुन- कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ३ जना पक्राउ परेका छन् ।
पोखरा उप–महानगरपालिका वडा नं. १० बुद्धचोक र वडा नं. १४ चाउथे क्षेत्रमा लागू औषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा उ.म.पा. वडा नं. १२ शितलादेवी  बस्ने वर्ष २७ को सन्तोष गुरुङ, वडा नं. १८ भेडी फारम बस्ने वर्ष २६ को मिलन गुरुङ र बुद्धचोकमा पक्राउ पर्ने रुपन्देही खैरेनी न.पा. वडा नं. २ बस्ने वर्ष ३५ को राजेश कहर रहेको प्रहरीले जनाएको छ ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %