सनु थापा मगर
बलीउड सुपरस्टार आमिर खानद्वारा अभिनित पछिल्लो चर्चित सिनेमा ‘ पिके ’ नहेर्ने कमै होलान् ।
फिल्म साहित्यको श्रब्यदृष्य विधा भएको नाताले यसभित्रको रस बडो अचम्मको हुन्छ की यसलाई पिउनेले कसरी पिउँछ वा ग्रहण गर्छ त्यसमा मिठास भर पर्दछ । राम नजन्मदै रामको जीवनीमा आधारीत रामायण लेखिने यो जगतमा ओली सरकार नजन्मदै उनको राजकीय प्रसंगमा ब्यंग्यात्मक वज्रप्रहार हिन्दी सिनेमा ‘पीके कथा ’ ओलीको ‘ओलायण’ भन्दा अत्युक्ति नहोला । फिल्ममा आमिर खान अन्य कुनै ग्रहबाट एलीयनको रुपमा एउटा पठारमा मनुवा अध्ययनका लागि झरेपछि चलचित्रको काहानी सुरु हुन्छ ।
अब भाषाको कारणले गर्दा एलीयनले त्यहाँको वातावरण र परिवेशलाई फरक ढङ्गले बुझ्न र विश्लेषण गर्न थाल्दछ । भने नसालुमृत स्वाद लिइसकेका मनुवाहरु उसको त्यो ताल देखेर दिउँसै दारु पिएर आएको सम्झनु, त्यसको फिल्ममा कलात्मक रुपमा चित्रण र त्यसलाई पुष्टि गर्न प्रयोग भएका पटकथाहरु , देखाउन खोजिएका उपद्रवहरु वर्तमानमा नेपाली राजनीतिका मनुवाहरुमा फर्मुलेटेड देखिन्छ । आजसम्म नेपालका करीब ८० प्रतिशत सरकारका नेतृत्वहरु हिंसात्मक र विद्रोही पृष्ठभुमीबाट राजनीतिमा प्रवेश गरेका पात्रहरु मात्र आएका छन् । यो कुरा इतिहासमा फेहरिस्त छ । यस मध्येमा अछुत नहुने देशको पछिल्लो नेतृत्व सम्हालेका प्रम कामरेड खड्क( खुँडा ) ओली पनि हुन् । झापा काण्डमा धर्मप्रसाद ढकालको टाउको काट्ने मध्येमा सिपी मैनाली र उनको प्रत्यक्ष संलग्नता लगायत विभिन्न आरोपमा उनी जेल पनि बसे (हत्या गरेर जेल परेको हत्यारा जीवनलाई राजनैतिक बन्दीका रुपमा व्याख्या गर्छन् ) ।
जब ओली प्रम भए त्यस दिन देखी ओली सरकारको गलत निर्णयका कारण देशका दुई तिहाई जनतालाई गरीबीको रेखामुनीको जीवन जिउन बाध्य गराईएको छ । संबिधान निर्माणका लागि म्याण्डेट समाप्त भएपछि नयाँ जनमतमा जानु पर्ने समयमा अझ दुई वर्ष बाँकी भन्दै यो बोनस थपेर सत्तामा रमाएका ओली सरकार र उनका कामरेडहरु देशमा संक्रमण लम्ब्याउदै देशलाई दोहन गर्न उद्धत भएको सबैलाई प्रतित भएको विषय हो । अहिले नेपालमा इतिहासमै ठुलो र पहिलोपटक आर्थिक संकट छ सरकारले यसको औपचारिक रुपमा आर्थिक संकट घोषणा गरेर यसको सुधार गर्नु पर्ने नीति ल्याउनु पथ्र्यो तर त्यो गर्नुको सट्टा राज्यको ढुकुटी सकाउने र अभिष्ट पुरा गर्ने खेलमा ब्यस्त छ अहिलेको सरकार । जून की पिके फिल्ममा एलीएन(आमिर खान ) ले समाजको जिल्लाराम हेर्नु र उसलाई समाजले दारु पिएको मान्दै मुखामुख वेकुफ हुनु भन्दा तात्विक भिन्नता केही देखिदैन अहिले ओली सरकार र उनका समर्थकहरुमा । चलचित्रको दुईवटा प्रसंग अहिलेको सरकारको चरित्र पुष्टि गर्न अत्यधिक सान्दर्भीक र पर्याप्त छ ।
पहिलो, एलीयनले भगवानको फोटो गालामा टाँसेर हिडेको कारणले उसलाई समाजमा अन्जान गल्ती गर्दा गालामा चड्कन लगाउनै खोजिन्छ तर गालामा के चड्कन लगाउन खोजिन्छ भगवानको फोटो एलीयनको गालामा देख्नासाथ मनुवाले झापट लगाउन सक्दैनन् ( तर एलीयनलाई थाहै हुँदैन की म गालामा जे टाँसेको छु यो मनुवाहरुले पुजा गर्ने भगवानको फोटो हो ) । यसले यहाँ के पुष्टि गर्दछ भने अहिले मनुवावादी भ्रम र उत्प्रेरणा अत्यधिक प्रयोग गरिएको छ की जनताहरु यो सरकारको पालामा सरकार आफैले वितरण गर्ने रु १८ को सामान्य नुनको पोका रु ३० मा पनि खुसी मानी–मानी किने र किनीरहेका छन् । (र गौरब गर्छन की नाकाबन्दीमा पनि सरकारले कमसेकम नुन त दिईराछ भन्या । ) यहाँका उत्पीडनमा परेका वर्गले सिमामा आन्दोलन गर्दा ६/७ महिना नेपाल–भारत सिमा नाका ठप्प भयो गुड्ने तेल र पकाउने ग्याँस हाहाकार बनाईयो ।नाकाबन्दी भनियो अथवा देखियो तर कुनै एक जना परिवार खाना पकाउन नपाएर भोकै मरेको समाचार सुन्नु परेन ।
तेलको अभावमा गुड्न नपाएर हिड्नु पर्ने बाध्यताले जुत्ताको ब्यापार पनि बढेन । ट्राफिक जाम साविकमा झै नै रह्यो, अलावा झनै पो बढ्यो , गाडी नगुड्नु पर्ने तर ३÷चार वटा त ठुला गाडी दुर्घटना नै भए । तर कामरेड सरकार र भाडाका सञ्चार माध्यमहरुले कहील्यै पनि अघोषित नाकाबन्दीको नारा छाडेनन् । भनीरहे ‘की भारतले नाकाबन्दी गरेर नेपालीलाई अपमान गर्यो ।’ वर्तमान प्रमले पूर्व प्रमहरु प्रचण्ड , झलनाथ आदिहरुले झै झापट पनि खाका छैनन् भनेपछि फिल्ममा गालामा टाँसेको स्टिकर यहाँ पनि त किन्न पाईराखेकै होला की, अन्यथा पूर्व प्रमहरुले जस्तै झापड खान किन ढिलाई त ? अथवा के नै चिज गालामा टाँसेर बसेका छन् झापट खादैनन् ? नत्र खाईनै हाल्नु पर्ने ।
भर्खरै भारतको चिसीएको सम्बन्ध सुधार गर्न भन्दै चर्चा गरिएको , भनिएको सरकारको राजकीय भ्रमण अहिले सम्मकै शंकास्पद भ्रमणको रुपमा हेरिएको छ । केही सम्झौता नभएको तर बाहिर सम्बन्ध सुधारको लागि भनिएपनि गोप्य सम्झौता गरेर फर्केका ओलीले घातक सम्झौता गरेर गोप्य राखेको जानकाहरुबाट नै बाहिर आईरहेको छ तर जनता झापड मार्न सक्दैनन् । अत जनताले ओली सरकारलाई एलीएनकै दर्जामा राखेकै हुन त ?अथवा कस्को गालामा भगवान छ ? प्रश्न गम्भिर छ । अथवा आवश्यक परिस्थिती अनुसार सरकार आफै सिनेमामा जस्तो कलाईमेक्स गर्दै छ वा पीके सिनेमामा जस्तो एलीयनको चाबीलाई शक्तिस्वरुपा ठानेर लिलामी गरिदैछ नेपाल ? नेपाली जिब्रोमा सर्वविदीत एउटा उखान छ की ‘ भित्र खोक्रो बाहिर बोक्रो’ । यसकै परिदृष्य र ओली सरकारको चरित्रलाई ताजा ब्यङ्य गर्ने दोश्रो प्रसंग उक्त सिनेमामा के छ भने एलीयनको संसारमा कार छैन अथवा एलीयनको कार सडकमा गुड्छ तर उसले पठारमा ( ईन्डियाको रास्थानमा ) आएर देखेको कार त नाच्दो पो रहेछ ।
कार गुड्दैन पार्कीङ्मा राखेका सबै कार तलमाथी ( होरीजन्टल्ली) हल्लीरहेका हुन्छन् । गुड्ने कार नगुडेर हल्लीरहेको देखे पछि उसले के विश्लेषण गर्छ भने मनुवाको कार त गुड्ने मात्र होईन रहेछ , तलमाथी गरेर नाच्दो पनि रहेछ । अनी कारप्रति उसको प्रत्यक्षिकीकरण(दृष्टिकोण ) डान्सिङ हुन्छ अनी भन्न थाल्छ की ‘डान्सिङ कार’ तर विचरा एलीयनलाई के थाहा की मनुवाहरु कारलाई बाहिर हेर्दा नाचेको जस्तो देखाएर भित्र अनैतीक कार्यमा सरिक हुन्छन् भनेर । यसरी सवा सय दिनको ओली सरकार पनि बाहिर डान्सिङ कार देखाउदै भित्र आफ्नो अनैतीक सन्तुष्टि लिन छोडेको छैन तर जनताहरु साच्चिकै डान्सिङ कार हेदै बस्न बाध्य छन् की सरकार त्यसलाई ( सरकारको कालो काम र जारी प्रतिगमन संविधानलाई ) डान्सिङ कार भन्दै प्रचार–प्रसार गरेर हिडीरहेको छ, अथवा भन्नलाई बाध्य छ की यो डान्सिङ्ग कार नै हो ।