तालिम समापन

Read Time:1 Minute, 29 Second

सनु थापा

बुटवल , फाल्गुण २६ – कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको नेतृत्व विकास तालिमको आज बुधबार समापन गरिएको छ ।

सोमबार देखी जेसिस सभा हल बुटवलमा सुरु भएको तालिमको समापन समारोहमा बोल्ने वक्ताहरुले यस्ता खालका तालिमहरुले क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने भएकाले ब्यक्तिको हरेक पक्षमा सकारात्मक परिवर्तन ल्याउने बताउनु भयो । सहकारीले नगद जम्मा गर्ने काम मात्र नगरेर आफ्ना शेयर सदस्यहरुलाई सिप तथा क्षमता विकासका लागि यसरी नै तालिमको आयोजना गर्दै जानु पर्नेमा वक्ताहरुले जोड दिनु भयो ।

संस्थाका अध्यक्ष जंग बहादुर श्रीस मगरको अध्यक्षता तथा ब्यबस्थापक सर्मिला रानाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष टोप बहादुर थापा,सचिव हरीदेव थापा,तालिम सहजकर्ता सनु थापा,तालिममा सहभागीहरु थमी थापा,सिता श्रीस,चित्र बहादुर खप्तडी लगायतले धारणा राख्नु भएको थियो । तालिममा ४० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %