केन्द्रिय सदस्य सुभाष राई निलम्वित ।
देब दुरा
काठमाण्डौ, फागुन २६- राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालको सोहै केन्द्रिय समितिको बैठक फाल्गुन २५ गते पार्टी कार्यालय कुलेश्वर, काठमाण्डौमा पार्टी अध्यक्ष तथा माननिय बिज्ञान तथा प्रविधि मन्त्री श्री शिबलाल थापा ज्यूको अध्यक्षतामा सम्पन्न भयो ।
पार्टीको प्रथम महाअधिवेशन यही आउदो २०७३ जेष्ठ २५, २६ र २७ गते काठमाण्डौमा गर्ने मिति तय गरेको छ । उक्त महाअधिवेशन सम्पन्न गर्नको निम्ती विभिन्न महाअधिवेशन तयारी उप समितिहरु गठन गरी जिम्मेवारीहरुको समेत बाँडफाँड गरीएको छ ।
केन्द्रिय सदस्य सुभाष राई निलम्वित
साथै पार्टीको उक्त बैठकले केन्द्रिय सदस्य सुभाष राईलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी केन्द्रिय सदस्यबाट निलम्वन गरीएको छ । निजलाई पार्टीले दिएको जिम्मेवारी अनुसार केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको परिचय पत्र बनाउनु पर्नेमा यस पार्टीका साधारण सदस्य समेत नरहेका सात जना ब्यक्तिहरु केन्द्रिय सदस्यको परिचय पत्र बनाई वितरण गरेको पाईएकोले सो बारे पार्टीले गत मिति २०७२ माघ २५ गते पार्टीका तर्फबाट पत्रचार गरी लिखित रुपमा सात दिन भित्र स्पष्टिकरण माग गर्दै पत्रचार गरीएको थियो । तर हाल सम्म पनि कुनै उत्तर नदिएको र पार्टीसंग सम्पर्कमा समेत नआएको हुदा निजलाई कारवाही गरीएको हो ।
सुभाष राइलाइ कारबाही हुने – प्रेष बिज्ञाप्ति
बैठकमा समिक्षा
अन्तमा देशको समसामयिक विषयहरु लगायत पार्टीको भावी रणनिति र कार्यक्रमहरुको तय गर्दै पार्टी एकिकरण, संगठन विस्तार र पार्टी सदस्यहरुको अनुशासन र आचार संहिता आदी बिषयहरुमा गहन छलफल गर्दै, हालै पार्टी अध्यक्ष तथा माननिय मन्त्री शिबलाल थापा ज्यूको अष्ट्रियको एक हप्ताको नेपाल सरकारको तर्फबाट भएको मन्त्रीस्तरीय भ्रमण र पार्टी उपाध्यक्ष माननिय श्री समिा कुमारी बि.के. ज्यूको प्रधानमन्त्रीसंग भएको भारत भ्रमणको विस्तृत जानकारी साथै दुरगामी महत्वको विषयमा समेत बैठकमा समिक्षा गरिएको थियो ।
