अनेमसंघ (क्रान्तिकारी)ले श्रमिक महिला दिवस मनायो

Read Time:1 Minute, 54 Second

रूद्र श्रीसमगर

पोखरा, २५ फागुन – नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्कीले १०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

मंगलबार १०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विषयक अन्तरक्रिया गरी अनेमसंघ (क्रान्तिकारी)कास्कीले दिवस मनाएको हो । सो अवसरमा अनेमसंघ (क्रान्तिकारी)की नेतृ सुशीला थापाले अन्तरक्रियाका लागि विषय प्रवेश गराउनुभएको थियो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य एवं तमुवान राज्य संयोजक श्यामले छलफलमा उठेका विषयवस्तुहरू समेटेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो ।

अनेमसंघ (क्रान्तिकारी) कास्कीका अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य अमृता अर्याल, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवं तमुवान राज्य सह–संयोजक रामजी थापा, केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक अर्जुन छन्त्याल, सह–संयोजक भीमबहादुर श्रीस, तमुवान राज्य समिति सदस्यद्वय काजी श्रेष्ठ, लालकाजी गुरुङलगायतले बोल्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %