अवसर प्राप्त भए महिलाहरुले पनि राज्य संचालन गर्न सकिने : चौधरी

Read Time:3 Minute, 4 Second

गोविन्द घर्ती

देवदह, फागुन २५ – वर्गीय मुक्तिले मात्र लैगिङ विभेद अन्त्य हुने पुर्व सभासद शान्ता चौधरीले बताउनु भएको छ ।

 

उहाले संविधान कार्यान्वयन भएमात्र महिलाको अधिकार सुनिश्चित हुने बताउनु भयो । महिला विकास समन्वय समिति देवदहले १०६ औं अन्र्तराष्ट्रि श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले अहिले पनि राज्यले महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनु हुदै महिलाहरुको अधिकारको लागि एकजुट हुन आवश्यक रहेको बताउनु भयो ।

कम्लरी मुक्ति आन्दोलनकर्ता समेत रहनु भएको पुर्व सभासद चौधरीले राज्य व्यवस्थामा परिवर्तन आएपनि श्रमिक महिलाहरुको परिवर्तन हुन नसकेको बताउनु भयो । उहाले परिवर्तनको लागि महिलाहरु एकजुट हुनुको कुनै विकल्प नभएकोमा जोड दिदै अवसर प्राप्त भए महिलाहरुले पनि राज्य संचालन गर्न सकिने बताउनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले शिक्षामा पुहच नहुदा सम्म महिलाहरु अगाडि बढ्न नसक्ने बताउनु भयो ।

उहाले समाज र राष्ट्र निर्माणमा महिलाहरुको अह्म भूमिका भएकोले राज्यले महिलाहरुलाई अवसर प्रदान गर्नु पर्नेमा जोड दिनु भयो । उहाले लैगिङ्गक हिंसा अन्त्य गर्न महिलाहरु नै अग्रसर हुनु पर्नेमा जोड दिनु भयो । देवदह नगर समन्वय समितिका उपाध्यक्ष विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी महिला संघका जिल्ला सदस्य लक्ष्मी कडेल, नेपाल महिला संघका क्षेत्रीय सचिव लक्ष्मी न्यौपाने, अखिल नेपाल महिला संघका सरस्वती पोखरेल, दिपा सिटौला, अम्विका पौडेल, कविता पाण्डे लगायतले बोल्दै स्वास्थ्य र शिक्षामा सम्मान अधिकार पहुच नहुदा सम्म महिलाहरुले अधिकार प्राप्त गर्न नसक्नेमा जोड दिएका थिए ।

देवदहको खैरेनी देखि निस्केको र्याली शितलनगर कार्यक्रम स्थलमा पुगेर सभामा परिणत भएको थियो । निमकला पुनको स्वागत, फुलमाया कवरको धन्यवाद mर टिका गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %