राज्य पुनसंरचना तथा राज्य शक्ति बाडँफाडँ समितिका अध्यक्ष एवम प्रमुख अतिथि लोकेन्द्र विष्टमगरले मगर मुक्ति र सर्वोपरि विकासका लागि मगर एक जुट हुनु पर्ने र मगर संघ स्थापना गर्दाको उद्धेश्य र अहिलेको उद्धेश्य समय सापेक्ष परिर्वतन भई रहेको साथै हरेक जाति, भाषा, धर्म, संस्कृति, बर्ग, लिंगको आधारमा विभेद रहित संघिय लोकतान्त्रिक गणतन्त्रमा सम्वोधनका लागि एकजुट हुनुपर्ने वताएकाछन ।
१७ वटा मगर संघ संस्थाको संयुक्त आयोजनामा २९ औं मगर दिवसको अवसरमा उनले उतm विचार ब्यक्त गरेका हुन् ।
काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका सचिव गंगा थापामगर, नेपाल मगर संघ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष यम बहादर बुढा मगर, लोकतान्त्रिक मगर संघका उपाध्यक्ष थम माया थापामगर, सभासद तथा मगर मुक्ति मोर्चाका वरिष्ट उपाध्यक्ष ओनसरी बुढामगर, संयुक्त मगर मन्चका अध्यक्ष तथा राष्ट्रिय मगर संघका गणेश थापामगर, मगर हाङका धनकेशर सुर्यवंशीमगर, डि.आई.जी.पार्वती थापामगर, अठार मगर प्रतिष्ठानका अध्यक्ष बम कुमारी बुढामगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका अध्यक्ष माधव दर्लामीमगर, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष गंगा खासुमगरको सभापतित्व सम्पन्न कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति लालितपुरका अध्यक्ष गुप्त थापामगर तथा नेपाल मगर संघ जिल्ला कार्य समितिका अध्यक्ष नर बहादुर थापामगरले अतिथि एवम सहभागिलाई धन्यवाद ज्ञापन दिएका थिए ।