तेरिया मगरले इजरायलमा नयाँ बर्षमा सांगितिक धमाका दिने

Read Time:2 Minute, 46 Second
माया घले मगर/इजरायल

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल (NRNA NCC Israel) ले नयाँ बर्ष २०७३ को पावन अवसरमा वहुप्रख्यात नेपाली राष्ट्रिय कलाकारहरुको उपस्थितीमा आयोजना गर्न लागेको सो  कार्यक्रमको तयारी तिब्रताका आगाडी बढेको जनाइएको छ  ।

  नेपाली नयाँ बर्ष पारेर गरिन लागेको सो कार्यक्रममा नेपालबाट आउने ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु भारतीय टेलिभिजन जी टिभीको चर्चित रियालिटी सो ‘ डान्स इण्डिया डान्स लिटिल च्याम्प्स ’ तेस्रोको बिजेता नेपाली चेली चर्चित डान्सर तेरिया मगर , नेपालका चर्चित कमेडी गायक श्रीकृष्ण लुइँटेल र नबोदित गायिका मेलिना राईको साथमा बेजोड प्रस्तुति रहने आयोजकले बताएका छन् । एनआरएनए एनसीसी इजरायलले आगामी १५ अप्रिल शुक्रवार आयोजना गरिने ‘नयाँ बर्ष सांगितिक धमाका २०७३’ नाम दिइएको  उक्त सांगितिक कार्यक्रमबाट संकलन हुने च्यारेटी रकम असहाय  दिनदुखी तथा प्रकृतिक प्रकोपबाट घरबार विहिन भएकाहरुको लागि सहयोग गरिने बताएको छ ।

  ख्यातिप्राप्त कलाकारहरुको बेजोड धमकाका साथ स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहेको सो कार्यक्रम तेलअभिभ स्थित एक शानदार हल तेलअभिभ म्युजियममा हुने जनाइएको छ । साथै तेलअभिभ लेवन्सकी पार्कदेखि कार्यक्रम स्थल सम्म नि:शुल्क यातयातको ब्यबस्था रहेको पनि आयोजकले जानकरी दिएका छन् ।अन्ज

यसका साथै एनआरएनए इजरायलले  इजरायलमा रहेका विभिन्न संघ संस्थाहरु तथा समाजसेवीहरुलाई कार्यक्रमको दिन भ्रमण तथा अन्य कुनैपनि किसिमको कार्यक्रमहरु नजुधाईदिन पनि हार्दिक अनुरोध गरेको छ । कार्यक्रम परोपकारी कार्यकोलागि च्यारेटी संकलनार्थ आयोजना गरिन लागेको हुदा इजरायलमा रहेका सम्पूर्ण संघ संस्था तथा इजरायलवासी नेपालीहरुलाई कार्यक्रममा समन्वय गर्नको लागि हार्दिक अपिल समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %