रूद्र श्रीसमगर
पोखरा, २२ फागुन – नेपाल मगर विद्यार्थी संघ कास्कीको अध्यक्षमा दिनेश रोकामगर चयन हुनुभएको छ ।
शनिबार सम्पन्न संघको १६ औं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निशा घर्तीमगर, सचिवमा टीका थापामगर, सह–सचिवमा पवन रोकामगर र कोषाध्यक्षमा सुशान्त गाहामगर चयन हुनुभएको छ । यसअघि, अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय महासचिव गोमबहादुर रानामगरले नयाँ संविधानले केही सकारात्मक कुरा ल्याएको भएपनि मगर जातिका लागि संविधानले केही दिन नसकेको बताउनुभयो ।
सो अवसरमा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादु रानामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उप–महासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं तमुवान इञ्चार्ज समर थापामगर, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय सदस्य विवेक थापामगर, कास्की जिल्ला अध्यक्ष सुजनकुमार तामाङ, नेपाल मगर विद्यार्थी संघ गोरखाका अध्यक्ष टंक रानामगर, तनहुँ जिल्ला सचिव ज्ञानिता थापामगर, तमु विद्यार्थी समिति, नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक आश तमुलगायतले बोल्नुभएको थियो ।
निवर्तमान अध्यक्ष नेत्र घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव दिनेश रोकामगरले गर्नुभएको थियो भने सदस्य सुशान्त गाहामगरले स्वागत गर्नुभएको थियो ।
