दर्लामी टोल आगोले सखाप भयो

Read Time:1 Minute, 9 Second

स्याङ्जा, १६ फागुन

स्याङ्जा जिल्ला करिकोत गाविस वडा न ५ पिउघा भन्ने गाउँमा छाइसकेको गोठको खरको धुलोमा केटाकेटीहरु आगो फुक्दै खेल्दा दर्लामी  टोल आगोले जलेर पुरै सखाप भएको छ। आगो बेलुकीपख करिब ५र६ बजेको बीचमा सुरु भएको थियो । हुरी बतासका कारण आगो निभाउन  निकै नै साह्रो परेकोले झन्डै चारवटा वरपरका गाउका मानिसहरुको सहयोगमा बल्ल-बल्ल  आज बिहान मात्र आगो निभाएकाथिए ।। घर गोठ जल्नेहरुमा एम बि दर्लामी, अमर बहादुर दर्लामी, रन बहादुर दर्लामी, नित बहादुर दर्लामी, तोप बहादुर दर्लामी,चिन बहादुर दर्लामी परेका छन ।  आगो उज्यालोपख लागेकोले धेरै क्षति नभएपनि कम्तिमा झन्डै ३० लाख भन्दा बढीको क्षति भएको अनुमान छ ।

अमर दर्लामी र देव पचभैया पाल्पा            

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %