देब पचभैया
पाल्पा, फागुन २३ – संघिय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मगरहरुको भविष्यनै मगरात प्रदेशमा भएका भन्दै मगरात प्रदेशको आवश्यकता रहेको बताउनु भएको छ ।
शनिबार तासेनमा आयोजित संघिय समाजवादी पार्टीको भेला मा बोल्दै यादबले यस्तो बताउनु भएको हो । उहाले अहिलेको सरकारले जातीय, धार्मिक, भौगोलिक विविधता भित्रको पहिचानलाई कुनै पनि व्यवस्था नगरेकाले आन्दोलनमा उत्रनु परेको बताउनु भयो ।
उहाले प्रदेशिक स्वयता सहितको प्रदेश पहिचान, अस्तृत्व, शक्ति सन्तुलन र साधनको आधारमा राज्य पुनसंरचना हुनु पर्ने मा जोड दिनु भयो । नेता यादवले माओवादीले जनतातीहरुलाई धोका दिएकाले माओवादी संग पनि हिसाव किताब गर्नु पर्ने बेला आएको बताउनु भयो ।
उहाले मधेस आन्दोलनको स्वरुप परिर्वतन भएको भन्दै राज्यले बार्ता द्धारा स्वयत र सुशासन, अधिकार सुनिश्चित नहुने बताउनु भयो ।
कार्यक्रममा संघिय समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले नेताहरुमा सागुरो सोचाई भएका कारण शान्ति तर्फ जानु पर्ने देश अशान्ति द्धन्द तर्फ गईरहेको बताउनु भयो ।
उहाले नेपालमा जहा सुकै बसेका नेपालीहरु पनि बराबर हुन कोही पनि थिचो मिचो, अन्याय उत्पीडनमा पर्नु हुदैन भन्ने नाराका साथ संघिय समाजवादी पार्टी आन्दोलित रहेको बताउनु भयो ।
संघिय समाजवादी पार्टीका सह अध्यक्ष राजेनद्र श्रेष्ट, केन्द्रिय सदस्य तथा राजनीतिक सदस्य गणेश मान गुरुङ्, आङ्काजी शेर्पा, केन्द्रिय सदस्य सविन राना लगायतले बोल्नु भएको थियो ।
