गोबिन्द घर्ती
फागुन २१ । रुपन्देहीको देवदह–७, सरनवारीमा सुधारिएको चुलाको अवलोकन कार्य सम्पन्न भएको छ । नेपाल अविनास सामाजिक सेवा संस्थाको लगानीमा निर्माण गरिएको सरनवारीको सुधारिएको चुलाको अवोलकन गरिएको हो ।
सरनवारीमा एक सय १ घर रहेको र नेपाल अविनास सामाजिक सेवा संस्था देवदहको लगानीमा करिव ८० घरधुरीमा सुधारिएको चुलो निर्माण भईसकेको र ५/६ घरधुरीमा निर्माण हुन वाकी रहेको छ । उक्त चुलोकोे आगामी फागुन ३० गते सार्वजनिक गर्ने कार्य रहेको छ । उक्त सुधारिएको चुलाको सार्वजनिकण गर्ने क्रममा उक्त चुलाको अवलोकन गरिएको संस्थाले जनाएको छ । सुधारिएको चुलो निर्माण पछि आफुहरुलाई खाना पकाउन सजिलो भएको स्थानीय वासी लाल वीर ठाडाको भनाई रहेको छ । अन्य चुलोमा भन्दा सुधारिएको चुलोमा दाउरा कम लाग्ने, धुवा कम हुने र समयको बचत भएको अर्को स्थानीयवासी भिम कला थापा मगरको भनाई रहेको छ । नेपाल अविनास सामाजिक सेवा संस्थाले निर्माण सामाग्री दिएको अन्य आफुहरुले लगानी गरेको ठाडाको भनाई रहेको छ ।
सुधारिएको चुलो निर्माण पछि धुवा कम हुने र धुवाबाट हुने रोगबाट समेत बच्न सकिने भएकाले चुला निर्माण गरिएको सरनकालिका सामुदायिक वनका अध्यक्ष भिम बहादुर सिंजालीले बताए । नेपालमा २०१७ साल सम्ममा धुवा रहीत गाउ निर्माण गर्ने उद्देश्यका साथ देवदह नगरपालिका र नेपाल अविनास सामाजिक सेवा संस्थाले लगानी गरिरहेको नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष आमोस खडकाले बताए । सरनवारीमा मात्र नभई देवदह क्षेत्रमा सुधारिएको चुलो निर्माण गर्दै जाने अध्यक्ष खड्काको भनाइ छ । संस्थाका अध्यक्ष आमोस खड्का, कार्यक्रम संयोजक विनोद खाती, अनुगमन समितिका संयोजक सन्त बहादुर विक, गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेम नारायण अधिकारी, चन्द्र बहादुर रसाईली तथा पत्रकारहरुको संयुक्त टोलीले सुधारिएको चुलोको अवलोकन गरेको हो ।
