महासंघको अवधारणा आदिवासीको घरघरमा पुरयाउनुपर्ने

Read Time:4 Minute, 0 Second

पोखरा,
आदिवासी जनजाति उत्थान प्रतिष्ठान नेपालका सदस्य सचिव लोकबहादुर थापामगरले आदिवासी जनजाति महासंघको बृहत राष्ट्रिय सम्मेलनबाट पारित अवधारणालाई आदिवासीको घर घरमा पु¥याउनु पर्ने बताएकाछन ।

नेपाल मगर संघ कास्कीको आयोजनामा आज पोखरामा आयोजित उनन्तीसौं मगर दिवसको उद्घाटन गदै प्रमुख अतिथि थापामगरले महासंघको हालै काठमाण्डौंमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पारित राज्य संचालनमा आदिवासी जनजातिको सहभागी विना अधिकार प्राप्ति हुन नसक्ने भएकाले राजनितिक दलहरुमा समानुपातिक प्रतिनिधीत्वको सुनिश्चिततालाई  आम आदिवासी जनजातिले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ बन्ने संविधानमा आत्मनिर्णयको अधिकार, बहुभाषिक व्यक्तित्व विकास, लैगिक समानताको सुनिश्चितता हुनुपर्ने बताए  ।

मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर भाषाका आदीकवि जीत बहादुर सिञ्जाली, डा.मीन पुनलाई सम्मान पत्र र भाङ्ग्राले र मगर समुदायका असीवर्ष भन्दा जेष्ठ २० जनालाई प्रमुख अतिथी लोकबहादुर थापामगरले सम्मान पत्र, दोसल्ला र ढाकाटोपीले सम्मान गरे ।

कार्यक्रममा सहभागी हुन मौलिक पोशाक, नौमती बाजा, झाँकी सहित ¥यालि पोखरा सभागृहबाट शुरु भई नयाँ सडक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुदै मगर संघको भवनमा पुगी कार्यक्रममा परिणत भएको थियो ।

मगर संघमा भएको समारोहमा ¥यालीमा सहभागी इकाईहरु मध्ये बुढीवजार मगर संघ प्रथम हुदै तीन हजार, हेम्जा इकाई द्धितिय हुदै दुइ हजार र रामबजार इकाइ तृतिय हुदै एक हजार रुपैयाबाट पुरस्कृत भए भने कार्यक्रममा विभिन्न इकाइका तर्फबाट मगर मौलिक सँस्कृतिका नृत्यहरु प्रस्तुत गरेका थिए ।  ¥यालीमा मगर संघ कास्की अन्र्तगतका २८ इकाई समिति, विद्यार्थी समिति, युवा समिति, महिला समिति लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

कार्यक्रममा मगर संघका संस्थापक अध्यक्ष क्याप्टेन कृष्णबहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, जितबहादुर सिंजाली प्रतिष्ठानका सञ्जोग लाफा मगर, मगर राष्ट्रिय मुक्ति मोर्चाका खेम पुृन, उपप्राध्यापक महेन्द्र आले मगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य रुद्र श्रीस मगर, विमला पुलामी, नेपाल मगर महिला संघकी पुर्व सचिव बृन्दा राना, मेजर प्रेमबहादुर थापा, यमबहादुर थापा, गोविन्द सिंञ्जाली लगायतले नयाँ बन्ने संविधानमा मगरको अधिकारको सुनिश्चितता, मगराँतको ग्यारेन्टी, लखन थापालाई प्रथम शहिद घोषणा गर्नुपर्नेमा जोड दिएका थिए ।
हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %