केहर सिं थापा मगर
काठमाण्डौ, फागुन १७ नेपाल मगर पत्रकार संघको प्रथम सम्मेलन तमु बौद्ध समाज समितिको भवन अनामनगरमा सम्पन्न भएको छ ।
नेपाल मगर पत्रकार संघको संयोजक मनोज घर्ती मगर काठमाण्डौ सभापतित्वमा राज्यसत्ताका देव पचभैयाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमका प्रमुख अथिति माननिय वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन मगर थिए भने विशेष अथितिहरुमा पूर्व प्रहरी महानिरीक्षक कुबेर सिं राना मगर, यूके मगर संघका सल्लाहकार कृष्ण कुमार आले मगर र आदिवासि जनजाति पत्रकार महासघंका अध्यक्ष डण्ड गुरुंग,नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष वसन्त घर्ति मगर थिए । अन्य अथितिहरुमा मोहन सिं लामा , नविन रोका मगर दिपा आले मगर अधिवक्ता गौबहादुर आले मगर, सजोग लाफा मगर राज्यसक्ता डट कमका निर्देशक हुम बहादुर थापा पचभैया मगर थिए ।
नेपाल मगर पत्रकार संघको प्रथम सम्मेलन सम्पन्न गर्न यूके बाट मगर संघले ४ लाख रुपैया सहयोग गरेको थियो भने राज्यसत्ता डट कम ले हल भारा स्वरुप ५हजार र तमु बौद्ध समाज समितिले पनि सहयोग गरको थियो । सम्मेलनले १५ बुद्धे घोषणापत्र काठमाण्डा जारी गर्दे मनोज घर्ती मगर काठमाण्डौको अध्यक्षतामा २९ सदस्यी केन्द्रीय कार्यसमिति निमार्ण गरेको छ ।
उपाध्यक्षमा एम्वी आस्था पोखरा ,महिला उपाध्यक्षमा दिपा आले मगर नेपालगञ्ज,
महासचिवमा देव पचभैया पाल्पा
उपमहासचिवमा रुद्र श्रीस मगर पोखरा,
सचिवमा मिलन गाहा मगर, मनोज घर्ती मगर पोखरा, महिला सचिवमा उपनि घर्ती मगर,
कोषाध्यक्षमा तिलक गुर्मछान मगर निरविरोध चयन भएका छन् ।
१ देखी ७ प्रादेशिक सदस्यहरुमा निराज पिठाकोठे मगर , प्रताप राना मगर, लोक्नेश ढेगा मगर,पार्वती थापा मगर, तुलसा थापा मगर छन् । खुलातर्फ सदस्यहरुमा कमल राना मगर, पार्वती थापा मगर, सान्ता खासु मगर, कुन्जल बुढा मगर, प्रेम राम्जा मगर, गणेश थापा मगर,कृष्ण आले मगर, विष्नु कुमार आले मगर र विक्रम थापा मगर केन्द्रीय सदस्यमा चयन भएका छन् ।
नयां कार्यसमितीले ३ जना साथै विदेशमा एकजना सदस्य मनोनयन गर्ने छ ।
बरिष्ठ अधिवक्ता गौबहादुर आलेको अध्यक्षतामा माधव दर्लामी मगर र उमा देवी आले मगर सदस्य रहेको अध्यक्ष तथा निर्वाचन मण्डल गठन गरिएको थियो ।
मगर पत्रकार संघको प्रथम सम्मेलनमा १४ जिल्लाबाट ६२ जना प्रतिनिधीको उपस्थिति रहेको थियो ।
