रूद्र श्रीसमगर
पोखरा, १३ फागुन
वडा नागरिक मञ्च, पोखरा–११ ले वडाभित्र रहेका सामुदायिक विद्यालयहरूको अनुगमन गरेको छ ।
सामुदायिक विद्यालय अनुगमनका क्रममा वडा सचिव भीमदेव शर्मा, वडा नागरिक मञ्च संयोजक तीर्थकुमारी गुरुङ, सामाजिक परिचालक संगीता बराल, वडा नागरिक मञ्च व्यवस्थापन समिति सदस्य महावीर थापा, वडा नागरिक मञ्च सदस्य शिशुला बाँस्तोलासहितको टोलीले शिवशक्ति उच्च माविको अनुगमन गरेको हो । अनुगमनका क्रममा विद्यालय शिक्षा नीति अनुरुप चलेको नचलेको, विद्यालयमा शिक्षाको अवस्था, शिक्षक, विद्यार्थी र विद्यालयमा सम्पादन गरिने हरेक क्रियाकलापका विषयमा जानकारी लिइएको टोलीका सदस्य सामाजिक परिचालक संगीता बरालले जानकारी दिनुभयो ।
विद्यालयको विषयमा जानकारी दिँदै प्राचार्य शम्भुप्रसाद बाँस्तोलाले सरकार र स्थानीय निकायले विद्यालयको संरचना र अन्य आवश्यकतामा ध्यान दिए अझ राम्रोसँग विद्यालय सञ्चालन गर्न सकिने बताउनुभयो । सो अवसरमा वडा नागरिक मञ्चका तर्फबाट अनुगमन गरी आवश्यक सुझाव समेत दिइएको थियो ।
वडा नागरिक मञ्च पोखरा–११ द्वारा सामुदायिक विद्यालयको अनुगमन
Read Time:1 Minute, 38 Second
