संविधान जारी नभएसम्म संविधानसभाको कार्यकाल रहने सर्वोच्च अदालतको फैसलाप्रति राप्रपा नेपालको विरोध

Read Time:59 Second

काठमाडौँ, १५ फागुन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधान जारी नभएसम्म संविधानसभाको कार्यकाल रहने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ ।

सर्वोच्च अदालतको पछिल्लो फैसला प्रजातन्त्रको मूल्यमान्यता विपरीत रहेको, चाँडो संविधान निर्माण भई शान्ति र स्थिरता कायम रहोस् भन्ने जनचाहना कुठाराघात गरेको तथा राजनीतिक उद्देश्यबाट अभिप्रेरित रहेको भन्दै पार्टीले यसले शक्तिपृथकीकरणको विश्वव्यापी सिद्धान्तलाई कमजोर तुल्याउनका साथै न्यायिक स्वेच्छाचारिता र अराजकतासमेत बढ्दै जाने खतरालाई सङ्केत गरेको जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %