पाल्पाका निर्माणकर्मीहरुले भने भूकम्प प्रतिरोधात्मक घर बनाउने अभियानमा लाग्छौ

Read Time:2 Minute, 56 Second
देब पचभैया


पाल्पा, ८ फागुन- भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले भूकम्प प्रतिरोधात्मक घर बनाउने अभियान थाल्ने भएका छन् । उनीहरुले आफू पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने नारालाई साकार पार्न यस्तो अभियान थाल्ने जनाएका हुन् । बैशाख १२ र २९ को भूकम्पपछिको अवस्थाले गर्दा भवन तथा बाटो निर्माणकर्मी संघको जिम्मेवारीलाई पूर्णता दिन यस्तो अभियान सुरु गरेको संघका अध्यक्ष सुरेश कर्माचार्यले बताउनुभयो । शनिबार सम्पन्न भवन तथा बाटो निर्माणकर्मी संघको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भूकम्प प्रतिरोधात्मक घर बनाऔं, आफू पनि बचौ अरुलाई पनि बचाऔं भन्ने नारालाई साकार पार्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले मोटो पिलर र सिमेन्ट धेरै राखेर घर बलियो बन्छ भन्ने सोंच हटाउनुपर्ने बताउँदै भूकम्प प्रतिरोधी घर बनाउन डेमो विभिन्न स्थानमा राख्न आग्रह गर्नुभयो । उहाँले तानसेनमा एक तलाको नक्सा पास गर्ने र पाँच तलासम्म उठाउने प्रचलन रोक्नुपर्ने बताउँदै सस्तो भवन बनाउने भन्दा पनि केही रकम महंगो भएपनि बलियो घर बनाउनुपर्नेमा जोड दिनुभयो ।


पाल्पा, ८ फागुन भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले भूकम्प प्रतिरोधात्मक घर बनाउने अभियान थाल्ने भएका छन् । उनीहरुले आफू पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने नारालाई साकार पार्न यस्तो अभियान थाल्ने जनाएका हुन् । बैशाख १२ र २९ को भूकम्पपछिको अवस्थाले गर्दा भवन तथा बाटो निर्माणकर्मी संघको जिम्मेवारीलाई पूर्णता दिन यस्तो अभियान सुरु गरेको संघका अध्यक्ष सुरेश कर्माचार्यले बताउनुभयो ।


शनिबार सम्पन्न भवन तथा बाटो निर्माणकर्मी संघको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भूकम्प प्रतिरोधात्मक घर बनाऔं, आफू पनि बचौ अरुलाई पनि बचाऔं भन्ने नारालाई साकार पार्नुपर्नेमा जोड दिनुभयो ।

 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %