राजनीतिक क्रान्ति आवश्यक रहेकोमा जोड

Read Time:2 Minute, 19 Second

सोनु थापा मगर
बुटवल । फागुन १० । नेपालमा अझै राजनीतिक क्रान्ति आवश्यक रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिनु भएको छ । संघीय जनमुक्ति पार्टी क्षेत्र नं –४ रुपन्देहीले आज सोमबार बुटवलमा गरेको क्षेत्रिय भेलामा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिनुभएको हो । सो भेलालाई सम्बोधन गर्दै संघीय जनमुक्ति पार्टीका केन्दि«य महासचिव केशब शुर्यबंशीले नेपालका सम्पुर्ण जनतालाई आफ्नो अधिकारको अनुभूती र सुनिस्चितताको महसुुस भइ नसकेकाले अझै एकपटक ठुलो क्रान्तिको आवश्यक्ता रहेको बताउनु भयो ।

जारी संविधानले सबै कुरा पूरा भएको भ्रम छरेपनि वास्तविकतामा क्रान्ति नभएको उहाँको भनाई थियो । उहाँले भन्नु भयो–‘ जनताले अझै अधिकार र देशको उन्नतीका लागि परिवर्तन चाहेका छन् तर अहिलेका नेताहरुले जनतालाई भ्रममा पार्दै आइरहेकाले जनता आक्रोसित छन् । उनीहरु छिट्टै नयाँ ढङ्गबाट सडकमा आउदैछन् ।’ पार्टी क्षेत्र नं –४ का अध्यक्ष नरसिंह काउचाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्दि«य सदस्य द्वय हरी देव थापा र होमाया गुरुङ , रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ , वीमला गुरुङ्ग ,लक्ष्मण सलामी , बसन्ती साठीघरे , केशब थापा लगायतले बोल्नु भएको थियो ।कार्यक्रम सचिव थर्क बहादुर बाह्रघरेको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच पार्टीको पाँचौ महाधिवेशन धरानमा हुने भएको छ । झापामा बसेको बिस्तारित बैठकले महाधिवेशनको टुङ्गो लगाएको हो । उक्त बैठकले पार्टीको नाम संघीय जनमुक्ति पार्टी हुने पनि निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %