सानो परी प्रतिष्ठा, सानो बाबु दिप्जल

Read Time:3 Minute, 8 Second

रूद्र श्रीसमगर
पोखरा, ९ फागुन
सानो परी एण्ड सानो बाबु पोखरा–२०१५ को उपाधि लिटिल स्टेप उच्च माविमा अध्ययनरत १० वर्षीया प्रतिष्ठा सुवेदी र ग्लोबल कलिजियट उच्च माविका ८ वर्षीय दिप्जल बस्नेतले हात पारेका छन् । उनीहरूले ट्रफी, क्राउन, मेडल र १० हजार रुपैयाँ नगद प्राप्त गरे ।
सो प्रतियोगिताका लागि २६ विद्यालयका ४८ विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । जीत हाम्रो फाउण्डेशनको आयोजना र एसटी क्रिएशनको सहकार्यमा बालबालिकाको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले एघारौं संस्करणको ट्यालेण्ट शो आयोजना गरिएको कार्यक्रम संयोजक सञ्चारकर्मी सुरज थापामगरले जानकारी दिनुभयो ।
त्यस्तै, प्रतियोगितामा सानो परीको फस्ट रनर अप फिस्टेल एकेडेमीका १२ वर्षीया सायना श्रेष्ठ, सेकेण्ड रनर अप कञ्चनजंगा बोर्डिङ स्कुलकी प्रकृति थापामगर, थर्ड रनर अप बेसलाइन एकेडेमीका दीपा रानामगर, फोर्थ रनर अप फिस्टेल एकेडेमीका अंकिता गुरुङ, फिप्थ रनर अप सोसल पब्लिक स्कुलका सीमा गुरुङ भइन् । सानो बाबुतर्फ फस्ट रनर अप इसिइसी मन्टेश्वरीका आकृश गुरुङ, एलपी देवकोटा स्कुलका नारायण नेपाली सेकेण्ड रनर अप, स्टेप बाइ स्टेपका समीप घिमिरे थर्ड रनर अप, भ्यू प्वाइन्ट स्कुलका रोशन भुजेल फोर्थ रनर अप र कास्की मोर्डनाइज्डका ठिमोन गुरुङ फिप्थ रनर अप भए । उनीहरूले पनि ट्रफी र मेडल प्राप्त गरेका थिए ।
सानो परी एण्ड सानो बाबुको निर्णायकमा वरिष्ठ सञ्चारकर्मी अभिमन्यू विक्रम राणा, गायिका कौशल्या गुरुङ, संगीतकार सर्वज्ञमान शाक्य, प्रा. ध्रुवराज खनाल, फेशन डिजाइनर ओसिम खान, निर्णायक संयोजक मोडल अनिता थापामगर रहेका थिए । हरेक वर्षजस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजक संस्थाका प्रबन्ध निर्देशक राजेश जोशीले बताउनुभयो । सन् २००५ देखि सुरु गरिएको ट्यालेण्ट शोले साना बाबु नानीको प्रतिभालाई उजागर गर्न टेवा पुग्ने दाबी उहाँले गर्नुभयो । ट्यालेण्ट शोको सञ्चालन सञ्चारकर्मी इनिशा दुरामगरले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %