रूद्र श्रीसमगर
पोखरा, ९ फागुन
मगर आमसञ्चारकर्मी समाज, नेपालको यही फागुन १७ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि कास्की शाखाको पाँचौं मासिक बैठकले पाँच जना प्रतिनिधि चयन गरेको छ ।
आइतबार सम्पन्न मासिक बैठकले अध्यक्ष रूद्रबहादुर थापा, उपाध्यक्ष विनाकुमारी थापा, कोषाध्यक्ष टीका थापा, सदस्य सुमन थापा र सल्लाहकार खेमबहादुर सारूलाई सम्मेलनको प्रतिनिधि चयन गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यसैगरी, कास्कीबाट समाजका केन्द्रीय सचिवालय सदस्यत्रय एमबी आस्था, मनोज घर्तीमगर र रूद्रबहादुर श्रीस भने स्वतः सम्मेलन प्रतिनिधिका रूपमा काठमाडौं जाने भएका छन् ।
राष्ट्रिय सम्मेलनका लागि मगर सञ्चारकर्मीको प्रतिनिधि चयन
Read Time:1 Minute, 1 Second
