देश चिनाउँदै गोरालाई

Read Time:6 Minute, 49 Second

मनोज घर्तीमगर

सानैदेखि उनलाई घुमफिरमा रुची थियो । घुमघाम भनेपछि हुरुक्कै हुने उनी स्कुल पढ्दा विभिन्न ठाउँमा स्कुलबाटै भ्रमण गइन् । पोखरा आएका बेला गोरा गोरेनीका हातहातमा क्यामेरा । पिठिउँमा झोला । साथमा लौरि समाएको देखिन् । आफू पनि त्यस्तै गरि घुम्ने योजना बुनिरहन्थिन् तनहुँकी रेनुका थापा । जब आईए पास गरिन् । साइडमा काम गर्दै पढ्दै गर्ने ध्याउन्नमा जुटिन् । भाग्यले साथ दियो । उनी घुम्दै, घुमाउँदै पैसा कमाईने पेशा गाइड लाइनमा छिरिन् । घरबाट टाढा–टाढासम्म टे«किङ जानु र विदेशीलाई देश चिनाउँदै घुम्ने अनि गाइड गर्नु उनको दैनिकी भइसक्यो । ‘घुम्न पनि पाइन्छ, पैसा पनि रामै्र छ’ पाँच वर्षदेखी गाइड पेशा अंगालेकी रेनुका भन्छिन्,‘सानैदेखिको रुची पूरा भएको छ ।’ नया“ ठाउ“ घुम्न, विदेशी साथी बनाउन र विभिन्न संस्कृति बुझ्न पाइने भएकाले अध्ययनस“गै यो पेसा अङगालेको रेनुकाको भनाइ छ ।

न धेरै जाडो न त गर्मी । ट्रेकिङ जानलाई रमाइलो र उपयुक्त मौसम पनि यहि हो । त्यसैले पोखराका गाइड युवतिलाई अहिले भ्याइनभ्याई छ । नेपाल घुम्न आउने विदेशी पर्यटक अनि पोखरा हेर्न र घुम्न चाहने स्वदेशीको पनि घुइ“चो लागेको छ, यतिबेला पोखरामा । नया“ ठाउ“ घुम्न जा“दा पथप्रदर्शक (गाइड) त चाहिन्छ नै । ट्रेकिङ जाने महिला पर्यटकले पनि युवति गाइड खोजेपछि यसको माग दिनप्रतिदिन बढ्दो छ । घरभित्र सीमित रहने युवति अहिले विदेशीलाई नेपाल चिनाउँदैछन् । पछिल्ला दिनमा पर्यटकले पनि पुरुÈको तुलनामा महिला गाइडलाई नै बढी रुचाउन थालेका छन् । ‘महिला पर्यटकले महिला गाइड नै रुचाउँछन्’ डोल्पाबाट पोखरा आएर गाइड काम गरिरहेकी लालमाया शाही भन्छिन्,‘महिलाहरु इमान्दार पनि हुन्छन्, हिडडुलमा पनि सहज हुन्छ ।’

गाइड बन्न खासै शैÔिक योग्यता पनि चाहिन्न, अङ्ग्रेजी बोल्न र सामान्य लेखपढ गर्न जाने पुग्छ । त्यसैले गाइडमा महिलाको आकर्Èण बढ्नु स्वाभाविक हो । तर, पोखरामा उच्च शिÔा हासिल गरेका महिलाले पनि यो पेशा अङगालेका छन् । त्यसकै उदाहरण हुन स्नातक तेस्रो वर्षमा अध्ययनरत स्याङ्जाकी तिला रोका । फ्ुर्सद सदुपयोग हुने र कमाइ पनि राम्रै हुने भएकाले यो पेसा थालेको उनको भनाइ छ । ‘नयाँ ठाउँ र परिवेश थाह पाइन्छ, घुमघामसँगै दाम पनि हुन्छ’ उनी भन्छिन्,‘यो पेशामा आउन चहाने युवतिका लागि राम्रो स्कोप छ ।’

अन्यजस्तै यो पेसा पनि चुनौतीपूर्ण रहेको महिला गाइडहरुको अनुभव छ । पदयात्रामा निस्कदा खाने बस्ने समस्या पनि पर्छ । महिला भएकाले समस्या अझ बढी हुन्छ । पदयात्रीको चाप बढी भएर होटल नपाउ“दा टेन्ट हाल्नुपर्ने हुन्छ । कहिले टेन्ट हाल्ने ठाउ“ पनि पाइ“दैन । यस्ता अप्ठ्यारा थुप्रै छन् तर भोग्दै गयो भने बिस्तारै हट्दै जान्छन् । कम्तीमा तीन दिनदेखि एक महिनासम्मको पदयात्रा गर्नुपर्छ । त्यसैैले धेरैले महिला गाइड पनि हि“ड्न सक्लान् र भनेर अहिले पनि विश्वास गर्दैनन् । तर, विदेशी पर्यटकको छनोट भने महिला गाइड नै हुने गरेको छ । ‘कति पुरुष मात्रै गाइड हुने, महिलाले पनि यो काम गर्न सक्छन् भन्ने देखाउन गाइड बनेको हो’ जुम्लाबाट पोखरा आएर गाइड काम गरिरहेकी शुसिला आचार्य भन्छिन्,‘शरीर स्वस्थ छ भने महिलाले पुरुÈसरह काम गर्न नसक्ने भन्ने हु“दैन ।’

पुरुÈको एकलौटी पेसा भनेर चिनिएको ट्रेकिङ गाइडमा महिलाले हात हालेको धेरै भएको छैन । एघार वर्Èअघ तीन दिदीबहिनीले पहिलोपटक महिला गाइड बन्ने जोखिम मोलेका थिए । तर, त्यसले व्यावसायिक रुप लिन भने थप केही वर्Èलाग्यो । महिला गाइड बन्ने जोखिम लिने दिदीबहिनी लक्की, डिक्की र निक्की Ôेत्री हुन् । अहिले नेपालीमाझ मात्र होइन, विदेशीमाझ पनि थ्री सिस्टर नामले चिनिन्छन् उनीहरु । महिलालाई व्यावसायिक गाइड तालिम दिने र काममा लगाउने पोखरा नै पहिलो ठाउ“ भएको तीन दिदीबहिनीको दाबी छ । पदयात्रामा आउने विदेशी महिला पर्यटकलाई महिला गाइड नहु“दा समस्या भएको बुझेपछि यो पेसामा लाग्ने सोचाइ बनाएको लक्की बताउ“छिन् ।

महिला गाइडलाई पर्यटकले रुचाउन थालेपछि बहिनीहरुको सहयोग लिएर उनले अरुलाई पनि गाइड तालिम दिन थालिन् । अहिले पोखरामा शोभा परियार, गममाया पुन, यशोदा बानिया, सरस्वति परियार, लालमाया पुन लगायत १८ देखि ४९ वर्Èम्मका एक सय भन्दा बढी महिला गाइड कार्यरत छन् । तिनै गाइडको राम्रो कामको असरले नै होला, अहिले काठमाडौंबाट समेत महिला गाइडको माग हुन थालेको छ । थ्री सिस्टरले सुरुमा पिछडिएका, दुःख पाएका र एकल महिलालाई गाइड तालिममा छान्ने गर्थे । तर, पढेलेखेका महिला पनि यो पेसामा आकर्Èित भएपछि उनीहरु हौसिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %