हुलै बाधेर शिक्षाका कर्मचारी बिधालयको बार्षिक उत्सबमा

Read Time:2 Minute, 42 Second

कार्यालय सुनसान ,सेवाग्राहीको गुनासोपछि प्रशासको छड्के

देब पचभैया
पाल्पा, फागुन ६
जिल्ला शिक्षा कार्यालय पाल्पाका कर्मचारी हुलै बाधेर बिधालयका बार्षिक उत्सब र महोत्सबमा हिडेपछि कार्यालय सुन सान बन्दै गएको छ ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी संगीता रेग्मी, विद्यालय निरीक्षक, प्रशासन, लेखा र योजना शाखाका कर्मचारी अनुगमनका नाममा कार्यालय नै खाली गरी कार्यक्रममा हिडेपछि कार्यालय सुनसान बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका नासु लक्ष्मण घिमिरेको नेतृत्वमा बिहिबार भएको छड्के जाचमा प्राबिधिक सहायक र परिचर मात्रै भेटिएका छन् । लेखा प्रमुख दिवाकर अर्याल, अधिकृतद्वय महेन्द्र सुवेदी, रेशम न्यौपाने लगायत कोही पनि कार्यालयमा नभेटिएको घिमिरेले जानकारी दिनुभयो ।
‘दुई अधिकृतले फागुन २ देखि ६ गतेसम्म काज लेखेका छन् , उहाले भन्नुभयो ‘लेखा अधिकृतले एक दिनको काज लेखेको भेटियो ।’
जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले अधिकृतको टोली योजना अनुगमन तथा विद्यालयको निरीक्षणमा गएको जानकारी दिनुभयो । कार्यालयको सवारी साधन लिएर बाटोमा पर्ने सबै बिधालयको निरिक्षण गर्दे सत्यवती उच्चमाबिको स्वर्ण महोत्सवमा उनीहरु गएको रेग्मीको भनाई छ ।

अधिकारी रेग्मीले आफुसमेत बिरामी भएकाले कार्यालय समयमा हाजिर गरेर निवासमा आराम गर्न गएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शिक्षा कार्यालय प्रति गुनासो आएपछि तत्काल कर्मचारी खटाएर प्रतिवेदन दिन निर्देशन दिएको जानकारी दिनुभएको छ ।
शिक्षाका कर्मचारीहरु बिधालय गएपछि बिधालयका खर्च पनि बढेका छन् । शिक्षाका कर्मचारीलाई स्वागत र सम्मानमा धेरै रकम खर्च गर्नुपरेको कतिपय बिधालयका प्रअहरुले गुनासो गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %