आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्ने गरी जनजाति पत्रकारहरुले कलम चलाउनु पर्ने

Read Time:2 Minute, 9 Second

गोविन्द घर्ती,
फागुन ७ ,
आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्ने गरी जनजाति पत्रकारहरुले कलम चलाउनु पर्ने रुपन्देहीको शंकरनगर वनवाटिकामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले मिडियामा आदिवासी जनजातिहरुको पुहच पुग्न नसकेको हुदा मिडियामा पुहच पु¥याउनको लागि जनजातिहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ फोनिज रुपन्देहीद्धारा आयोजित वनभोज तथा भेटघाट कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि फोनिजले विशेष पहल गर्नु पर्नेमा जोड दिएका थिए । फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, पुर्व अध्यक्ष होमबहादुर गलामी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, छन्त्याल संघ रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल, फोनिज रुपन्देहीका सल्लाहकार भिमप्रसाद गुरुङ्ग, ईन्जिनियर गमप्रसाद रेश्मी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा फोनिज रुपन्देहीमा आवद्ध पत्रकार, विभिन्न एकजातीय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फोनिज रुपन्देहीका सचिव आशिष सूर्यवंशीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %