नेपाल तामाङ घेदुङ,इजरायल द्वारा तामाङ समुदायको महान् धार्मिक तथा सांस्कृतिक राष्ट्रिय पर्व सोनाम ल्होछार – २८५२ माकर / टे ल्हो (बाँदर बर्ग)को पावन अवसरमा १२ फेब्रुअरी 2016 (शुक्रबार) बेलुका तेलअविवमा आयोजित ल्होछार साँझ- 2016 कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ |
संस्थाका सहअध्यक्ष कल्पना मोक्तान तामाङको प्रमुख संयोजकत्वमा भएको ल्होछार कार्यक्रमको सभापति संस्थाका अध्यक्ष बीबी लामा तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली राजदुतावास तेलअविव,इजरायलका महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई रहनुभएको थियो | यसैगरी विशिष्ट अतिथि लामा धर्मगुरु थुप्तेन तामाङ ,बिशेष अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघ,इजरायलका अध्यक्ष डोमा शेर्पा, नेपाली दुतावास इजरायलमा भखरै कार्यभार सम्हाल्न आउनुभएकी द्धितीय सचिव आस्था सुब्बा, नेपाल तामाङ घेदुङ इजरायलका प्रमुख संरक्षक सुन्दर सिंह लामा तामाङ , संरक्षक चन्द्रमाया बम्जन तामाङ , प्रमुख सल्लाहकार उर्मिला लामा पाख्रिन तामाङ , अतिथिहरुमा इजरायल स्थित आदिवासी जनजाती संघसंस्थाका अध्यक्षहरु , एनआरएन इजरायलका प्रतिनिधि , संस्थाका सल्लाहकारहरु , अन्य संघसंस्था तथा राजनीतिक पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरु ,मिडियाकर्मीहरु र प्राविधिक (डिजे बिपिन तामाङ प्रनेश तामाङ) संचालकहरु रहनुभएको थियो |
पहिलो औपचारिक कार्यक्रम अन्तर्गत दीप प्रज्वलन गरी कार्यक्रम उत्घाटन , राष्ट्रिय गीत पाश्चात् बौद्धधर्मलम्वी ङिङमा सम्प्रदायका महान परम पुजनीय क्यप्जे ज्याडाल साङ्गे दोर्जे रिन्पोछे र परम पुजनीय क्याप्जे ताग्लुंग चेटुल रिन्पोछेको महापरिनिर्वाण , भर्खरै निधन हुनुभएका पुर्ब प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला, बैदेशिक रोजगारको क्रममा इजरायलभूमिमा निधन हुनु भएका नेपालीहरुको चिर आत्मा शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो | साथै बौद्धधार्मिक अनुसार लामा थुप्तेन तामाङले पाढ़पूजा गर्नुभएको थियो |
ल्होछार कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्ण महानुभावहरुलाई सम्वोधन गर्नु हुँदै संस्थाका अर्थसचिब अनिता तामाङले स्वागत गर्नु हुँदै शुभकामना मन्तव्य राख्नु भएको थियो भने ल्होछारको शुभकामना / ज्याबाडान्बा गीत गाउनु हुँदै आमन्त्रित कलाकार अमृत लामा तामाङ,कल्पना मोक्तान तामाङ,सारा तामाङ,कान्छी घिसिङ तामाङ र प्रतिमा तामाङले सबैलाई शुभकामना व्यक्त गर्नु भएको थियो | ल्होछार कार्यक्रमका प्रमुख संयोजक तथा सहअध्यक्ष कल्पना मोक्तान तामाङले सोनाम ल्होछारको बारे प्रकाश पर्नु हुँदै कार्यक्रम आयोजन गर्नु पर्ने बारेमा छोटकरीमा बताउनु भएको थियो |
यसै शुभकामना मन्तव्य राख्ने क्रममा बिशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ ,इजरायलका अध्यक्ष डोमा शेर्पाले सम्पूर्ण आदिवासी जनजाती समुदायले आफु जहाँजता रहेपनि आफ्नो कला तथा संस्कृतिलाई निरन्तर दिनु पर्ने बताउनु भएको थियो | यसैगरी बिशेष अतिथि संस्थाका प्रमुख संरक्षक सुन्दर सिंह लामा तामाङले तामाङ समुदायको सोनाम ल्होछार भन्नु हुँदै दुबिधामा जो कोहि नपर्नु हुना र ताम्सालिङ प्राप्तिको लागि सम्पूर्ण तामाङ एक हुनु पर्ने आजको आवश्यता भएको बताउनु हुँदै ल्होछारको शुभकामना व्यक्त गर्नु भएको थियो | कार्यक्रममा संस्थाका संरक्षक चन्द्रमाया बम्जन तामाङ र प्रमुख सल्लाहकार उर्मिला लामा पाख्रिन तामाङ द्वयले पनि ल्होछारको शुभकामना मन्तव्य राख्नु भएको थियो |
कार्यक्रममा प्रवासी भूमि इजरायलबाट तामाङ समुदायको हितमा पुर्याउनु भएको महत्वपुर्ण योगदान कदर गर्दै भएका संस्थाका प्रमुख संरक्षक सुन्दर सिंह तामाङलाई सम्मान-पत्र , दोसल्ला र खाद लगाई सम्मान गरिएको थियो | महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई द्वारा सम्मान पत्र हस्तानतरण, संस्थाका अध्यक्ष बीबी लामा तामाङ द्वारा दोसल्ला ओढाई सम्मान र आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष डोमा शेर्पा द्वारा खाद पहिराई दिनुभई सम्मान गरिएको थियो | यसैगरी तामाङ समुदायको चर्चित गायक एवं संगीतकार अमृत लामा तामाङ, लामा धर्मगुरु थुप्तेन तामाङ संस्थाका संरक्षक चन्द्रमाया बम्जन तामाङ र प्रमुख सल्लाहकार उर्मिला पाख्रिन तामाङलाई आ-आफ्नो स्थानबाट तामाङ समुदायको हितको लागि पुर्याउनु भएको योगदानलाई उच्च मुल्यांकन गर्दै सम्मान-पत्र हस्तान्तरण गरी सम्मानित गरिएको थियो |
प्रथम चरणको औपचारिक कार्यक्रमलाई संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बी बी तामाङले ल्होछारको शुभकामान व्यक्त गर्नु हुँदै प्रवासी भूमि इजरायलमा ल्होछार कार्यक्रम आयोजन गर्नुको मुख्य उद्धेश्य भन्नु नै तामाङ जातीको कला तथा संस्कृतिलाई निरन्तरता दिदै संरक्षक गर्नु रहेको बताउनु भएको थियो |
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम संस्थाका कार्यकारिणी सदस्य एवं ल्होछार कार्यक्रम सांस्कृतिक उपसमितिका संयोजक सिता घिसिङ तामाङ र उपसंयोजक सारा तामाङको संयोजनमा शुरु भएको थियो | नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित गायक तथा संगीतकार अमृत लामा तामाङले ल्होछार साँझ कार्यक्रमलाई भव्यताको साथ मनोरन्जनमय गीतहरु प्रस्तुत गर्दै सबैलाई झुमाएका थिए | साथै स्थानीयकारहरु सीता घिसिंङ तामाङ,सारा तामाङ,पेमा पाख्रिन तामाङ,रेशम क्षेत्री,उर्मिला लामा पाख्रिन तामाङ, लिजा स्याङतान तामाङ,युनिक गुरुङ, रेखा तामाङ, सोनी योन्जन तामाङ, प्रिनिषा कन्दंगवा , डम्बर गुरुङ , केशु गुरुङ र बिनु ठकुरी शाहीले बेजोड सांगीतिक प्रस्तुतिका साथ राख्नु भई ल्होछार कार्यक्रमलाई भरपुक मनोरन्जन प्रदान गर्नु हुँदै कार्यक्रमको अन्तिम समय सम्म सम्पूर्ण पाहुनाहरुलाई नचाएका र झुमाएक थिए | डिजे बिपीन तामाङले उत्कृस्ट ढंगले प्रविधिमा आफ्नो क्षमता प्रदर्शन गरेर अन्तिम समयमा सबैलाई नचाएको थिए |
ल्होछार साँझ कार्यक्रमलाई भब्य र सभ्यताका साथ सम्पन्न एवं सफल बनाउनु आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपले सहयोग पुराउनु हुने महानुभावज्यूहरुलाई नेपाल तामाङ घेदुङ,इजरायल द्वारा हार्दिक धन्यवाद व्यक्त गरिएको थियो |
कार्यक्रम संस्थाका महासचिव दिप्मा तामाङ र उपमहासचिव लक्ष्मी योन्जन तामाङले कुशलतापुर्वक संचालन गर्नु भएको थियो भने वहाँलाई ब्रेक टाइमको लागि संस्थाका कोषाध्यक्षले कार्यक्रम संचालन गरी सहयोग पुर्याउनु भएको थियो |