मगर संघ कास्कीले विविध कार्यक्रम गरी १३९ औं लखन थापा स्मृति दिवस मनायो

Read Time:6 Minute, 52 Second

प्रथम सहिद लखन थापाको बारेमा थप अनुसन्धान आवाश्यक ः क्षेत्रीय प्रशासक कोइराला
हुम तमु
पोखरा, २ फागुन
नेपाल मगर संघ कास्कीले विविध कार्यक्रम गरी नेपालका प्रथम सहिद लखन थापाको १३९ आंै स्मृति दिवस मनाएको छ ।

मगर संघले पोखरामा आइतवार स्मृति ¥याली, लखनचोकस्थित प्रथम सहिद लखन थापाको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली, मगर संघको सभाहलमा सच्चा श्रद्धाञ्जली सभा र साँझ लखनचोकमा दीप प्रज्वलन गरी स्मृति दिवस मनाएको हो ।
पोखरा रंगशाला गेट अगाडि रहेको नेपाल मगर संघबाट स्मृति र्याली शुरु गरी लखनचोकस्थित प्रथम सहिद लखन थापाको शालिकमा कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रसासक शंकर कोइरालाई लगायत कार्यक्रममा सहभागीहरूले माल्र्यापण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रमुख अतिथि कोइरालाले प्रथम सहिद लखन थापाप्रति श्रद्धाञ्जली अर्पण गर्नुहँुदै उहाँको जीवनी र ऐतिहासिकताका बारेमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थीकालमा नेपालको प्रथम सहिद लखन थापा हो भन्ने पढेको भए पनि पहिलो पटक आइतबार स्मृति दिवसमा सहभागी हुने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नु हँुदै प्रथम सहिद थापाको योगदानको यथार्थताको वैज्ञानिक अनुसन्धान गरी भावी पुस्तालाई जानकारी गराउन पाए सहिद अमर रहने बताउनुभयो । लखन थापा प्रथम सहिद भन्ने धेरैलाई थाहा छ तर, उहाँको जीवनी र योगदानको यथार्थताको जानकारी नभएकाले थप अनुसन्धान आवश्यक रहेको उहाँले प्रष्ट्याउनुभयो । क्षेत्रीय प्रसासक कोइरालाले प्रथम सहिदको योगदानको स्मरण र अमरत्वका लागि रचनात्मक कार्यक्रम गर्न आवाश्यक छ भन्नु हुँदै रचनात्मक गतिविधिका लागि क्षेत्रीय प्रशासन कार्यालय सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
प्रथम सहिद थापा प्रजातन्त्र र स्वतन्त्रताका लागि लडिरहनुभएको थियो, अहिले प्रजातन्त्र प्राप्ति पछि अव आर्थिक विकासका लागि सबै जुट्दै नेपाल समृद्ध बनाउन सके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको भनाई थियो । प्रथम सहिद लखन थापाको स्मृति दिवस आगामी दिनमा नेपालको पचहत्तरै जिल्लामा मनाउनुपर्ने बताउनुभयो ।
प्रमुख अतिथिको श्रद्धाञ्जली मन्तव्य पश्चात स्मृति ¥याली पुनः नेपाल मगर संघको सभाहलमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर, प्रथम सहिद लखन थापाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर, लखन थापाको शालिक सहिद गेटमा प्रतिस्थापन गर, प्रथम सहिद लखन थापाको तस्बीर सरकारी कार्यालयहरूमा अनिवार्य राख्ने व्यवस्था गर, फागुन २ गते सार्वजनिक बिदा घोषणा गर लगायतका नारा लगाएका थिए ।
श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरूले प्रथम सहिद लखन थापाको राज्यले उचित सम्मान नदिएकोमा गुनासो गर्दै उत्पीडन मुक्तिका लागि सहादत प्राप्त गरेका प्रथम सहिद थापाले देखाएको अन्याय विरुद्ध आन्दोलित हुन आग्रह गरेका थिए । वक्ताहरूले राज्य सत्तामा विभेदमा पारिएका जनताको समान पहुँच, प्रतिनिधित्व नहुञ्जेल प्रथम सहिद लखन थापाले उचित सम्मान नपाउने, आदिवासी जनजाति लगायत उत्पिडित समुदायले विभेदबाट मुक्ति नपाउने भएकाले अधिकार प्राप्तिका लागि एकतावद्ध भई आन्दोलित हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल मगर संघका पूर्व महासचिव एवं अखिल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोजक लोकबहादुर थापामगर, मगर संघका पूर्व महासचिव अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालका केन्द्रीय महासचिव बालकृष्ण काउछा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, मगर आमसञ्चारकर्मी समाज कास्कीका अध्यक्ष रूद्रबहादुर थापा, आदिवासी जनजाति युवा महासंघ कास्कीका अध्यक्ष तोरण तमु, तमु ह्युल छोंज धिं कास्कीका सचिव चेतबहादुर तमु, नेपाल लोकतान्त्रिक मगर संघ कास्कीका अध्यक्ष लालबहादुर रानामगरलगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका सहउपाध्यक्ष गुमानसिंह थापामगर र सञ्चालन सचिव यामबहादुर थापामगरले गर्नुभएको थियो ।
यसरी नै स्मृति दिवसकै कार्यक्रम अन्र्तगत साँझ लखन थापा चोकमा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघ कास्कीमा आवद्ध इकाई समितिका अगुवाहरू, विभिन्न जातिय संस्थाका अगुवाहरु, नागरिक समाजका प्रतिनिधिहरुको बृहत सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %