गोविन्द घर्ती देवदह फागुन ८ । जारी संविधानमा मगरहरुको अधिकार स्थापित हुन नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले अधिकार स्थापितको लागि सम्पूर्ण मगरहरु एकजुट हुनुको कुनै विकल्प नभएको बताएका थिए । ३४ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ देवदह नगरसमिति द्धारा आयोजित फागुन–१५ र यसको औचित्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टाले मगरहरुको पहिचान भनेको भाषा, संस्कार र संस्कृति भएकोले यसको संरक्षण र समवद्र्धनमा मगरहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले मगर समाजमा रहेका विकृति, विसंगतिलाई हटाउदै सभ्य समाज निर्माणमा मगरहरु लाग्नु पर्नेमा जोड दिए । मुलुकको हरेक आन्दोलनमा मगरहरु अग्रपंत्तिमा रहेर आन्दोलन गरेपनि राज्यले मगरहरुलाई विभेद गर्ने गरेको अध्यक्ष विरकट्टाले बताए । मगरहरुको विकासको लागि मगर संघको स्थापना भएको र सोही दिनलाई मगरहरुले स्थापनाको रुपमा मनाउदै आईरहेको उनले थपे । सोही अवसरमा नेपाल मगर संघका जिल्ला प्रेस सल्लाहकार गोविन्द घर्तीले कार्यपत्र प्रस्तुत गर्दै मगर संघले फागुन–१५, लाई दिवसको रुपमा मात्र नभई अधिकार प्राप्तीको रुपमा समेत मनाउदै आईरहेको बताए । घर्ती मगरले नेपालको हरेक आन्देनलमा मगरहरुले अह्म भूमिका लेखेपनि संविधानमा मगरहरुको अधिकार वन्चित गर्ने काम गरेको बताए । संघका अध्यक्ष लालबहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा संघका जिल्ला सचिव कमला पुन, नेपाली काग्रेसका क्षेत्रीय सभापति हिरा केसी, एमालेका सल्लाहकार पदम थापा, संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका डमवरबहादुर थापा, एकिकृत माओवादीका कृष्ण ढकाल, नेकपा माओवादी क्रान्तिकारीका चिरन पुन, युगज्योति माविका वासुदेव रिमाल, देवदह व्यापार संघका ठाकुरप्रसाद गौतम, लुम्विनी ई–रिक्सा व्यवसायी संघका प्रेम थापा, कोलिय साकोसका सुवकान्त न्यौपाने, दुर्गाबहादुर राना लगायतले आ–आफना भनाई राखेका थिए । नेपाल मगर युवा संघका अध्यक्ष विनोद थापाको स्वागत र सचिव जसु पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सोही अवसरमा राष्ट्रिय फुटवल खेलाडी बिमल घर्तीलाई नेपाल मगर युवा संघ देवदह नगरसमितिले सम्मान गरिएको थियो ।
