राष्ट्रसङ्घीय महासभाको अध्यक्ष पदका लागि निर्वाचन आज, गौतम कतारका अब्दुल्लाजिजसँग प्रतिस्पर्धा गदै

Read Time:1 Minute, 52 Second

काठमाडौँ, १३ फागुन
राष्ट्रसङ्घीय महासभाको नयाँ अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि नेपालका कुलचन्द्र गौतमले कतारका उम्मेदवार नासिर अब्दुल्लाजिजसँग प्रतिस्पर्धा गर्र्दैछन् ।

राष्ट्रसङ्घको पूर्व उपमहासचिवको रूपमा गौतमले काम गरिसकेका छन । परराष्ट्र मन्त्रालयका अनुसार यसपटकको महासभा अध्यक्ष पद एसियाबाट चयन गर्ने क्रम आएकाले एसियाका ५३ देशले सो निर्वाचनमा भाग लिई गोप्य प्रक्रियाबाट मतदान गरी नयाँ अध्यक्ष चयन गर्नेछन् ।

सन् २०११–२०१२ को महासभाको अध्यक्ष पदका लागि हुने सो निर्वाचनमा नेपालले सन् २००१ मा नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेको थियो । नेपालको तर्फबाट गौतमको उम्मेदवारीलाई भने पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समयमा अनुमोदन गरिएको थियो । गौतम सो सरकारको विशेष परराष्ट्र सल्लाहकारसमेत थिए ।  

गौतमले सो पदमा विजयी भएमा दक्षिण एसियाली देशबाट महासभाको अध्यक्ष पद प्राप्त गर्ने  नेपाल दोस्रो देश हुनेछ । यसअघि बङ्लादेशले सन् १९८६ मा महासभाको अध्यक्ष पदको नेतृत्व गरिसकेको थियो ।  

कतारले सो पदका लागि सन् २००२ मा आफ्नो उम्मेदवारी घोषणा गरेको थियो । अध्यक्ष पदका प्रत्यासी अब्दुलाजिज संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिसमेत रहेका छन्  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %