ललितपुरले मनायो लखन थापा दिवस

Read Time:3 Minute, 9 Second
केहर सिं थापा

काठमाडौं,फागुन ४- मगर समाज सेवा केन्द्र,ललितपुरले फागुन २ गते १३९औं प्रथम शहिद लखन थापा दिवस मनायो ।
संस्थाका बरिष्ठ उपाध्यक्ष श्री प्रसाद बुढाथोकि मगर को अध्यक्षतामा कार्यक्रम सञ्चालन अनिता पुन मगर गरेका थिए ।

  उक्त कार्यक्रमका प्रमुख अथिति पुर्ब अतिरिक्त महानिरीक्षक गोविन्द प्रसाद थापा मगर थिए भने बिशेष अथितिहरुमा प्रथम शहिद लखन थापा प्रतिष्ठानका उपाध्यक्ष उमेशबहादुर राना मगर, शहिद स्मारक ललितपुर जिल्लाका सभापति दुर्गाबहादुर श्रेष्ठ, नेपाल मगर संघ का केन्द्रीय पूर्व अध्यक्ष क्या.यम बहादुर बुढाथोकि, नेपाल मगर बुद्ध समाज सेवाका केन्द्रीय अध्यक्ष क्या.देउ बहादुर राना मगर थिए ।

अथितिहरुमा आमन्त्रित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत संस्थाका पूर्ब पदाधिकारी समेत उपस्थित थिए । प्रमुख अथिति पुर्ब अतिरिक्त महानिरीक्षक गोविन्द प्रसाद थापा मगर ले पानसमा दिप प्रज्वलित गरी कार्यक्रम उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा प्रथम शहिद लखन थापा मगर लगायत ज्ञात तथा अज्ञात शहिदहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो ।

  प्रमुख अथिति थापाले प्रथम शहिद लखन थापा दिवस र शहिद दिवस एकै दिन मनाएमा राम्रो हुने धारणा राखेका थिए । मन्तब्य दिने क्रममा  अर्का गकार्यक्रमको अबसरमा मन्तब्य दिने क्रममा दुर्गाबहादुर श्रेष्ठले शहिद स्मारक जिल्ला समितिको सभापति भए पनि लखन थापा मगर प्रथम शहिद हुन् भन्ने कुरा अनविज्ञ रहेको र उमेश राना मगर बाट यर्थात जानकारी पाएको बताएका थिए । उनले थपे २०२७ साल देखि नेपालमा शहिद दिवस मनाउदै आएको बताए । त्यस्तै प्रथम शहिद लखन थापा प्रतिष्ठानका उपाध्यक्ष उमेशबहादुर राना मगरले लखन थापा बारे विस्तृत जानकारी दिएका थिए ।

मन्तब्य दिने अन्य अथितिहरुमा यम बहादुर बुढाथोकि, देउ बहादुर राना मगर गोरे बहादुर खपांगि फाउन्डेसनका अध्यक्ष तथा मगर संघ हंगकंगका पूर्ब अध्यक्ष हुम बहादुर थापा मगर समेत ले लखन थापा बारे बिचार राखेका थिए । 


 
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %