संविधान लेखनका विवादित विषय टुंग्याउन पाँच सदस्यीय उपसमिति गठन

Read Time:1 Minute, 17 Second

काठमाडौँ, १३ फागुन
संवैधानिक समितिको आज यहाँ बसेको बैठकले संविधान लेखनमा देखिएका विवादित विषयहरूमा सहमति जुटाउनका लागि पाँच सदस्यीय एक उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

सो उपसमितिमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, सभासद् कल्पना राणा तोकिएको छ भने एकजना मधेसीवादी दलहरूबाट राखिने भएको छ ।   सो समितिले आफ्नो कार्यविधि तय गरी यही फागुन मसान्तभित्र प्रतिवेदन बुझाउने बैठकपछि काँगे्रस नेता पौडेलले पत्रकारहरूलाई जानकारी दिए  ।

उनले मधेसवादी दलहरूसँग सल्लाह गरी उपसमितिमा एकजना थपिने सहमति भएको पनि उल्लेख गरे । संविधान निर्माणका क्रममा विभिन्न सात विषयगत समितिहरूमा बाँकी ८३ बँुदामा दलहरूबीच सहमति बन्न सकेको छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %