सोनु थापा मगर
बुटवल , फाल्गुण २ । नेपालका प्रथम शहीद लखन थापामगरको १३९ औं स्मृति
दिवसको अवसरमा बुटवलस्थित लखनचौक चौराहामा रहेको उहाँको शालिकमा पूष्प
माल्यार्पण गरेर लखन स्मृति दिवस मनाईएको छ ।
आज आईतबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालीकाका प्रमुख एवं बरिष्ठ अधिकृत ध्रुब बहादुर खड्काले शहीद थापामगरको शालिकमा माल्यार्पण गर्नु भएको हो । शहीदप्रति
श्रद्धासुमन अर्पण गर्दै खड्काले लखन थापा मगरलाई सरकारले प्रथम शहीद
घोषणा गरी सकेको अबस्थामा राज्यस्तरबाटै कार्यक्रम गर्नलाई सक्दो प्रयास
गर्ने बताउनुभयो । उहाँले प्रथम शहीद लखन थापामगरको योगदानलाई अबमुल्यन
गर्न नहुने पनि बताउनु भयो ।
लखन थापा मगर अक्षयकोष २०५६ रुपन्देही , नेपाल मगर संघ बुटवल नगर समिति , नेपाल मगरसंघ तिलोत्तमा नगर समितिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । शहीद थापा मगरलाई नेपाल सरकारले वि.स.२०५६ मा शहीद घोषणा गरेको थियो भने गत असोज ३ गते मात्रै
प्रथम शहीद घोषणा गरेको हो । वि.स.१८९१ सालमा गोर्खा बुङ्कोटमा जन्मनु
भएका थापा मगरले तत्कालिन समयमा जनताको पक्षमा प्रजातान्त्रिक पद्धतीका
लागि जहानिया रााणा शासन विरुद्ध विद्रोह गरेर आन्दोलन उठाउँदा वि.स.
१९३३ साल फाल्गुण २ गतेका दिन गोर्खाको बुङ्कोटमै जङ्गबहादुर राणाको
निर्देशनमा खटिएका फौजले खिर्राको रुखमा झुन्ड्याएर फाँसी दिईएको थियो ।
यसैबीच एक कार्यक्रममा शहीदको योगदानलाई राज्यले वेवास्ता गर्न नहुने
कुरामा जोड दिएका छन् । शहीदको सम्झनामा नेपाल मगर संघ बुटवल वडा नं – १०
ईकाई समितिले बुटवलमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले उक्त कुरामा
जोड दिएका हुन् ।
संघका अध्यक्ष थर्क बहादुर बाह्रघरे मगरको अध्यक्षतामा
सम्पन्न कार्यक्रममा प्रमुख अतिथी समाजसेवी ईन्जिनीयर गम प्रसाद
रेस्मीमगर , नेपाल मगर संघका बुटवल नगर उपाध्यक्ष गोपाल चोहान ,नरसींह
काउचा ,ज्योती थापा , दल बहादुर थापा , पुनम रजाली , रमेश हितान लगायतले
बोल्नु भएको थियो । माया सारुको स्वागत तथा लक्की चीडीको सञ्चालनमा
कार्यक्रम सम्पन्न भएको थियो ।
