आमनागरिकको अधिकार सुनिश्चित भएमात्र स्थायी शान्ति कायम हुने

Read Time:2 Minute, 37 Second
गोबिन्द घर्ती

 

बुटवल,फागुन १ । आमनागरिकको अधिकार सुनिश्चित भएमात्र स्थायी शान्ति कायम हुन सक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

 
उनीहरुले दीगो शान्तिको लागि आमनागरिकले अधिकारको अनुभूतिगर्ने वातावरण तयार गर्न राज्य र राजनैतिक दलहरु लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले दीगो शान्ति विना देशको विकास हुन नसक्ने हुदा आर्थिक तथा भौतिक विकासको लागि सम्पूर्ण राजनैतिक दलहरु भए भएर लाग्नु पर्ने बताएका थिए । शान्तिका लागि सावाद भन्ने मुलनाराका साथ स्थानीय शान्ति समिति देवदहको आयोजनामा भएको सहीदहरुको सम्झनामा शान्ति दीप प्रज्वलन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले जनयुक्तबाट प्रभावितहरुलाई राज्यले रोजगारीको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
 
सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देशमा स्थायी शान्तिको लागि सवैले पहल गर्नुपर्ने बताउनु भयो । उहाले संविधान जारी संगै देश विकासको प्रक्रियामा रहेको बताउनु भयो । स्थानीय शान्ति समिति देवदहका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी क्रान्तिकारी माओवादीका जिल्ला सदस्य नमराज पुरी, नेकपा एमालेका जिल्ला सचिवलय सदस्य सिद्धिचरण भट्टराई, नेपाली काग्रेसका देवदह नगरसमितिका सभापति गुणखर भूर्तेल, संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका डम्वरबहादुर थापा लगायतले बोल्दै राजनैतिक दलहरु वीच सहमति र सहकार्यले मात्र दीगो शान्ति कायम गर्न सक्ने बताएका थिए ।
 
स्थानीय शान्ति समितिका सदस्य भवगती गैरेको स्वागत र मेघनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %