गोबिन्द घर्ती
बुटवल,फागुन १ । नेपाल मगर संघ देवदह नगरसमितिको बैठक सम्पन्न भएको छ ।
बैठकले ३४ औं मगर स्थापना दिवस सम्पन्न गर्न विभिन्न निर्णयहरु गरेको छ । ३४ औं मगर स्थापना दिवसको अवसरमा फागनु–१५ र यसको महत्वको वारेमा अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थानीय क्षेत्रमा रहेका राजनैतिक दल, विभिन्न संघसंस्थाहरुको वीचमा यही फागनु ८ गते अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको संघले जनाएको छ । बैठकले स्थापना दिवसको अवसरमा संघको भवनमा आर्थिक सहयोग गर्नेहरुलाई समेत सम्मान गर्ने निर्णय गरेको संघका सचिव जसु पुनले बताउनु भयो । त्यसैगरी देशको प्रथम सहीद लखन थापामगरको समृति दिवसको अवसरमा फागुन–२, गते विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
सोही अवसरमा ३४ औं मगर स्थापना दिवस सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरुको कार्यको समेत समिक्षा गरिएको थियो । स्थापना दिवसको अवसरमा खुल्ला नकआउट पुरुष तथा महिला भलिवल प्रतियागित आयोजना गरेको संघले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १२ हजार प्रदान गर्ने नेपाल मगर युवा संघका नगरसमिति अध्यक्ष विनोद थापा मगरले जानकारी दिनु भयो । संघका अध्यक्ष लालबहादुर दर्लामीको अध्यक्षतामा भएको बैठकमा संघका जिल्ला सदस्य होमबहादुर डिसुवा, प्रेस सल्लाहकार गोविन्द घर्ती, युवा संघका अध्यक्ष विनोद थापा, महिला संघका अधयक्ष उमाया थापा, संघका सल्लाहकार दलबहादुर पाईजा, चिरन पुन लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
संघका उपाध्यक्ष शोभा थापाको स्वागत र सचिव जसु पुनको संचालनमा बैठक सम्पन्न भएको थियो । सोही अवसरमा नेपाल मगर महिला संघको प्रथम बार्षिक साधारणको समेत समिक्षा गरिएको संघले जनाएको छ ।
